(सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोग"/>
2026-07-06 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सुरु

(सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोगता १६ औं संस्करण हो ।

निङ्गलासैनी खेल मैदान देहिमाण्डौं र दशरथचन्द नगरपालिका–११ रातामाटाको बुढाबाजे खेल मैदान गरी दुईओटा खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ ओटा क्रिकेट टिमको सहभागिता रहने जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले जानकारी दिए ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको छ भने आज देहिमाण्डौमा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको प्रमुख आथित्यमा एक कार्यक्रमका विच उद्घाटन गरिने अध्यक्ष बोहराले बताए ।

कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता टी २० फरम्याटमा खेलाइनुका साथै राउण्ड रोविन लिगको आधारमा खेलाइने बताइएको छ । उत्कृष्ठ खेलाडीलाई क्षेत्रिय प्रतियोगिताको लागि जिल्लास्तरिय टिममा छनोट गरिने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्वितियले १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन । यस्तै म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजकले जनाएको छ ।

गत बर्षको बिडिसिए कपको १५ औं संस्करणको उपाधी त्रिलोचन क्रिकेट क्लवले हात पारेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो