2026-07-07 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ग्रामिण भेगमा प्रभावकारी पत्रकारिता तालिम

प्रेम सुनार । कार्तिक–७, गुल्मी । गुल्मीको क्षेत्र नम्वर १ दिव्रुङ्गमा रहेको एक क्लवले सदरमुकाममा आयोजना गरिने पत्रकारिता तालिममा भन्दा प्रभावकारी र वृहत संख्यामा पत्रकारिता तालिम प्रदान गरेको छ । श्री जनसेवा युवा क्लव दिव्रुङ्ग अर्जेवा गुल्मीले यस्तो तालिम दिएको हो । 

असोज ३० गते देखि कार्तिक ६ गते सम्म दिईएको ७ दिने आधारभुत पत्रकारिता, रेडियो उद्घोषण तथा नेतृत्व विकास तालिममा एउटै गाविस दिवु्रङ्गबाट ४१ जना सहभागि थिए भने छिमेकी गाविस आँपचौरबाट  ३५ को नेटो काटेकी घरेलु महिलाले समेत उक्त तालिम लिएकी छिन् । 

उनिहरुलाई सदरमुकामबाट पुगेका  जिल्लाका वरिष्ठ पत्रकारहरुले तालिम दिएका थिए ।  पहिलो, दोश्रो र तेश्रो दिन  घनश्याम गौतमले तालिम दिएका थिए । चौथो र पाँचौं दिन टोपलाल अर्यालल, छैठ र सातौं दिन, प्रेम सुनार र तिलाचन पाण्डे तालिम दिएका थिए । 

त्यस्तै नेतृत्व विकास सम्वन्धी तालिम जिविसका कर्मचारी हरिप्रसाद घिमिरेले दिएका थिए । तालिको उद्घाटन क्षेत्र नम्वर १ की सामनुपातिक सांसद सिर्जना तरामुको प्रमुख आतित्यतामा सम्पन्न भएको थियो ।

त्यस्तै समापन समारोहमा प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यता रहेको थियो । तालिम समारोहमा सुनारले दिव्रुङ्ग जस्तो विकट ग्रामिण क्षेत्रमा त्यति ठुलो संख्यामा सदरमुकामको भन्दा प्रभावकारी तालिम दिन सफल भएकोमा क्लवलाई धन्यवाद दिएका थिए ।

तालिममा  स्थानिय समाज सेवी टंकबहादुर क्षेत्री, पत्रकार तिलाचन पाण्डे, स्थानिय समाज सेवी युवराज खरेल, क्लवका कार्यक्रम संयोजक हिमाल पुन, ऋषिराम सापकोटा लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमा प्रशिक्षार्थीको तर्फबाट सुरुज खरेल र शिवा अर्यालले मन्तव्य राखेका थिए । 

क्लवका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार घनाश्याम खरेलको सञ्चालन रहेको थियो । समापन समारोहमा प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार र पत्रकार तिलाचन पाण्डेलाई क्लवले सम्मान समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने