2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भैरहवामा तीन किलोमिटर लामो ‘अर्वान रनवे’ तयार, आकस्मिक ल्याण्ड गर्न सकिने

कात्तिक ९, काठमाडौं | भैरहवामा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएपछि आपतकालिन अवस्था आईपरे आकस्मिक अवतरण गर्न मिल्ने भएको छ । माटो ‘कम्प्रेसन’ गरी बनाइने ‘सबग्रेड लेबल’ तयार भइसकेको कारण आपत परेका बिमानहरु उक्त बिमानस्थलमा अवतरण गरिन् सकिनेछ ।

माटोको काम लगभग सकिएको कारण प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिने योजना छ । निर्माण अधिकारीहरुको अनुसार बिमानस्थलको रनवे केहि समयमै सकिनेछ भने निर्माणको लाग्भाग आधा काम छिट्टै सम्पन्न हुँदैछ । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडाईमा बन्दैछ । उक्त बिमान स्थलमा हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया समेत बनाइएको छ ।

बिमान स्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन पनि निर्माणकै चरणमा छ । त्यस्तै बिमान स्थलको कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणको काम पनि जारी छ । त्यस्तै रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ । यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बनाउने योजना छ । पहिलेको गुरुयोजना अनुसार ‘एरो ब्रिज’ बनाउने डिजाइन नगरिएपनि निर्माणकार्य सुरु भएपछि ‘एरो ब्रिज’ बनाउने निर्णय गरिएकोले अब ‘एरो ब्रिज’ सहितको नयाँ टर्मिनल भवन बनाइनेछ ।

विमानस्थल निर्माण अधिकारीहरुको अनुसार बिमान स्थल २०१७ को अन्तिममा सम्पन्न गर्ने लक्ष्य भएपनि भूकम्प र तराई आन्दोलनका कारण ६ महिना पछि सम्पन्न हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई