2026-11-02 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भैरहवामा तीन किलोमिटर लामो ‘अर्वान रनवे’ तयार, आकस्मिक ल्याण्ड गर्न सकिने

कात्तिक ९, काठमाडौं | भैरहवामा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएपछि आपतकालिन अवस्था आईपरे आकस्मिक अवतरण गर्न मिल्ने भएको छ । माटो ‘कम्प्रेसन’ गरी बनाइने ‘सबग्रेड लेबल’ तयार भइसकेको कारण आपत परेका बिमानहरु उक्त बिमानस्थलमा अवतरण गरिन् सकिनेछ ।

माटोको काम लगभग सकिएको कारण प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिने योजना छ । निर्माण अधिकारीहरुको अनुसार बिमानस्थलको रनवे केहि समयमै सकिनेछ भने निर्माणको लाग्भाग आधा काम छिट्टै सम्पन्न हुँदैछ । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडाईमा बन्दैछ । उक्त बिमान स्थलमा हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया समेत बनाइएको छ ।

बिमान स्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन पनि निर्माणकै चरणमा छ । त्यस्तै बिमान स्थलको कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणको काम पनि जारी छ । त्यस्तै रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ । यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बनाउने योजना छ । पहिलेको गुरुयोजना अनुसार ‘एरो ब्रिज’ बनाउने डिजाइन नगरिएपनि निर्माणकार्य सुरु भएपछि ‘एरो ब्रिज’ बनाउने निर्णय गरिएकोले अब ‘एरो ब्रिज’ सहितको नयाँ टर्मिनल भवन बनाइनेछ ।

विमानस्थल निर्माण अधिकारीहरुको अनुसार बिमान स्थल २०१७ को अन्तिममा सम्पन्न गर्ने लक्ष्य भएपनि भूकम्प र तराई आन्दोलनका कारण ६ महिना पछि सम्पन्न हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द