2026-07-07 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

कात्तिक ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहाको विकास, निर्माणका लागि सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

जिल्लाका विकास निर्माण र जनचासोका विषयलाई लिएर आज आएको सिरहाको सर्वदलीय एवम् सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आफूले निर्वाचनका बेला सिरहामा गरेको बाचा नभुलेको भन्दै ती पूरा गर्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सिरहामा कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानीलगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने सो अवसरमा प्रधानमन्त्रीले बताउनुभयो । 

सिरहा जिल्लाका जनतालाई सम्बोधन गर्न आफू छिट्टै सिरहा आउने प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

भेटमा प्रधानमन्त्रीले भन्नुभयो – “म प्रधानमन्त्री भएपछि उपत्यका बाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ, मलाई पनि निकै नमीठो लागेको छ । अब समय लिएर छिट्टै सिरहाका जनता भेट्न आउनेछु ।” 

सिरहाको प्रतिनिधिमण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्गलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 

प्रधानमन्त्री दाहाल सिरहाको क्षेत्र नं ५ बाट गत संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने