2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

प्रहरी पुगेपछी अवैध गाँजाखेतीकर्ता गाउँबाटै भागे

कात्तिक १२, गाईघाट (उदयपुर) । उदयपुरको पश्चिमी पहाडी गाविसमा व्यावसायिक रुपमा अवैध गाँजाखेती गर्नेहरु गाँजा नष्ट गर्ने अभियानमा खटिएका प्रहरी आएपछि गाउँबाट फरार भएका छन् । 

प्रहरीले अवैध गाँजाखेती नष्ट गर्ने र त्यसमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने अभियान सञ्चालन गरेपछि उनीहरु भागेका हुन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार पहाडी गाविस, रुपाटार, सोरुङछबिसे, इनामे, तावाश्री, झिल्के, बराहा र बाँसबोटे क्षेत्रमा करिब ८० जना प्रहरीले पाँच दिनदेखि गाँजाखेती नष्ट गरिरहेका छन् । 

प्रहरीले यस पटक गाँजाखेती गर्नेलाई पक्राउ गरेर कारबाही गर्ने अभियानसमेत सञ्चालन गरेपछि गाँजाखेती गर्नेहरु घरघरमा चुकुल लगाएर गाउँबाट फरार भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताउनुभयो । फरार भएपनि प्रहरीले घरमूलीको नाम र जग्गाको कितानम्बरसहितका प्रमाण सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । 

प्रशासनले यस्तो काम नगर्न प्रत्येक वर्ष पटक–पटक अनुरोध गरेपनि यस क्षेत्रका स्थानीयवासी अटेर गर्दै गाँजाखेतीलाई निरन्तरता दिँदै आएपछि प्रहरीले यसपटक त्यसलाई नियन्त्रण गर्न अभियान नै सञ्चालन गरेको हो । 

यो अभियानमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय कटारीबाट ५० जना र सशस्त्र प्रहरीबाट ३० जना सम्मिलित रहेको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई