2026-07-07 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जिल्ला अस्पताल बैतडीको एक्स–रे सेवा सुचारु

नरी बडु, कात्र्तिक १९, बैतडी । विगत दुई महिनादेखि अबरुद्ध जिल्ला अस्पताल बैतडीको एक्स–रे सेवा सुचारु भएको छ । आजबाट विगत २५ वर्ष पुरानो इक्स–रे फेरेर नयाँ इक्स–रे मेसिनबाट सेवा सुचारु गरिएको छ । 

पुरानो एक्स–रे मेसिनमा खराबि आएपछि विगत दुई महिनादेखि जिल्ला अस्पतालमा एक्सरे सेवा प्रभावित बनेको थियो । एक्सरेका लागि जिल्ला अस्पतालमा आएका बिरामीहरु चर्को मुल्य तिरेर भारतको पिथौरागढमा उपचार गराउन बाध्य भएका थिए । 

“पाँच दिन अघि बाँया खुट्टामा चोट लाग्यो आथिक अभावले बाहिर जान सकेन आज एक्स–रे सेवा सुचारु भयो भन्ने सुनेर एक्स–रे गर्न आएकि हुँ” जिल्लाको दशरथचन्द नगरपालिका–२ मडलाका ईश्वरी पन्तले भने । 

पहिले एक्स–रे सेवा प्रभावित हुदाँ दैनिक १० देखि १५ जनासम्मका विरामिहरु भारतको पिथौरागढ जाने गर्दथे तर कात्र्तिक १९ गते सेवा सुचारु भएकै दुई घण्टा भित्र १० जना भन्दा बढीले सेवा लिइसकेको जिल्ला अस्पताल बैतडीले जनायो । 

“पुरानो एक्स–रे मेसिन पटक–पटक बिग्रने समस्या भएकाले यसपालि नयाँ मेसिन ल्याएका हौ” जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनदेव जोशिले भने ।

अब हाड जोर्नि र एक्स–रे कै असुविधाका कारण विरामिहरुले भारत जानु नपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।

नयाँ एक्स–रे मेसिनले सेवा सुचारु भएपछि जिल्लाका स्थानीय खुसि भएका छन् । 

क्याप्सन : जिल्ला अस्पताल बैतडीमा लामो समयसम्म प्रभावित एक्स–रे सेवा सुचारु भएपछि सेवा लिदै विरामी । 

तस्बिर : नरी बडु


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने