2026-07-07 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दश स्थानीय तह

कात्तिक २१, बैतडी । बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ । 

यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय तहको खाका नै आयोगमा पठाउने निर्णय भएको जिल्ला विकास समिति बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले जानकारी दिनुभयो । 

शनिवार १० वटा खाकामा असहमति जनाएका गाविसको हकमा देहीमान्डौँमा दशरथचन्द नगरपालिकाको केन्द्र प्रस्ताव गर्ने सहमति भएको छ भने मेलौली गाउँपालिकालाई नगरपालिकाको रुपमा सिफारिस गर्ने निर्णय भएको छ । 

यसैगरी इलाका नं ११ मा रहेका गाविस तल्लादेही, कटौजपानी, मठैराज, रिम र विजयपुरलाई ११औँ तहका रुपमा सिफारिस गर्ने र अन्तिम टुङ्गो आयोगले नै लगाउने कार्यक्रम अधिकृत अवस्थीले जानकारी दिनुभयो । असहमति भएका ठाउँका मागलाई अलग्गै प्रतिवेदनका रुपमा बुझाउने र स्थानीय तहको खाका भने १० वटाको नै बुझाउने उहाँले बताउनुभयो । 

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले तीन नगरपालिका र सात गाउँपालिका गरी १० वटा स्थानीय तह प्रस्ताव गरेको छ । जसमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिका, चमेलिया/डिलासैनी गाउँपालिका, दोगडा–केदार गाउँपालिका, सुनर्या÷पातालभूमेश्वर गाउँपालिका, सिगास गाउँपालिका, मेलौली गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने