2026-09-11 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा आठ स्थानीय तह रहने दुई खाका तयार

कात्तिक २१, पाँचथर । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति पाँचथर र जिल्लास्थित राजनीतिक दलले पाँचथर जिल्लामा आठओटा स्थानीय तह रहनेगरी भिन्नाभिन्नै दुई खाका स्थानीय तह पुनः संरचना आयोगमा पठाउने सहमति गरेका छन् । 

समिति र दलको छलफलबाट आठवटा स्थानीय तह रहेका दुई खाका आयोगमा पठाउने निर्णय भएको छ । दलबीच सहमति हुन नसक्दा दुई खाका आयोगमा पठाउन लागिएको हो । 

मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गाउँपालिकाको सीमाका विषयमा सहमति नजुट्दा दुई खाका तयार भएको हो । यद्यपि आठ स्थानीय तह निर्माणका विषयमा भने नेताहरु शुक्रबारै सहमत भएका थिए । पुनः संरचनाको प्रस्तावित खाका नं १ मा दुई नगरपालिका र ६ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । जहाँ ३३ हजार तीन सय १९ जनसङ्ख्या रहेको फिदिम नगरपालिका र ४० हजार एक सय ७८ जनसङ्ख्या रहेको फाल्गुनन्द नगरपालिका निर्माणको प्रस्ताव गरिएको छ । 

फिदिम नगरपालिकामा साबिकको नगरपालिका, उत्तरको रानीटार गाविसका नौवटा वडा र दक्षिणको लुम्फाबुङ गाविसलाई समेट्ने प्रस्ताव गरिएको छ । फिदिमबजार केन्द्र रहेको उक्त नगरपालिकामा हालको फिदिम नगरपालिकाभित्र ६, रानीटारमा दुई तथा लुम्फाबुङमा एक वडा रहने प्रस्ताव गरिएको छ । 

यस्तै प्रस्तावित फाल्गुनन्द नगरपालिकामा साबिकका नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप, आङसराङ, यासोक, माङ्जाबुङ, रानीगाँउ र स्यावरुम्बालाई वडाका रुपमा राख्ने प्रस्ताव गरिएको जसको केन्द्र यासोक बजारलाई प्रस्ताव गरिएको छ । उक्त खाकाअनुसार उत्तरका च्याङथापू, फलैँचा, ओयाम, थर्पू र नागी गाविसलाई याङवरक गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । ६ वडा प्रस्ताव गरिएको उक्त गाउँपालिकाको केन्द्र थर्पू बजार र मान्द्रेनीलाई प्रस्ताव गरिएको छ । जसको जनसङ्ख्या १८ हजार दुई सय २८१ रहेको छ । 

अमरपुर, पञ्चमी, सुभाङ र भारपालाई मिलाई हिलिहाङ गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ । २२ हजार नौ सय १३ जनसङ्ख्या रहेको उक्त प्रस्तावित गाउँपालिकाको केन्द्र गोपेटारबजार रहने प्रस्ताव गरिएको छ भने उक्त गाउँपालिकामा सात वडा रहनेछन् । 

एकतीन, मेमेङ, प्राङबुङ र सिदिनलाई मिलाएर फालेलुङ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ जसको केन्द्र मच्छेबुङ मेमेङमा राख्ने प्रस्ताव गरिएको छ । १८ हजार नौ सय तीन जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा सात वडा रहने प्रस्ताव गरिएको छ । 

यस्तै याङनाम, नाङ्गिन, लुङरुपा र रानीटारको वडा नं। ९ रहेको १८ हजार आठ सय ६३ जनसङ्ख्या रहेको छिन्तापु गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ । नाङ्गिनको डेरीबजार केन्द्र प्रस्ताव गरिएको उक्त गाउँपालिकामा ६ वडा रहनेछन् । 

दक्षिणको आङ्ना, मौवा, वलने र हाङ्गुुम गाविसलाई मिलाई तुम्बेवा विशेष गाउँपालिकाको प्रस्ताव गरिएको छ । १३ हजार चार सय १९ जनसङ्ख्या रहेको पाँच वडा रहेको उक्त गाउँपालिकाको केन्द्र मौवाबजारलाई प्रस्ताव गरिएको छ । 

यस्तै सुदूर दक्षिणी सराङडाँडा, आरुबोटे, रबी, कुरुम्बा, लिम्बा र दुर्दिम्बा रहेको मिक्लाजोङ गाउँपालिकाको प्रस्ताव गरिएको छ । २४ हजार सात सय १५ जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा आठ वडा रहने र केन्द्र रवीबजार रहने प्रस्ताव गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट