2026-09-19 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दसैँतिहारपछि सुदूर पहाडमा जात्राको रौनक

कात्तिक २३, बैतडी । हिन्दू नेपालीको महान् चाड दसैँ तथा तिहार सकिएलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने विभिन्न मन्दिरमा जात्रा तथा मेलाको समय सुरु भएसँगै रौनकता छाएको छ । 

परम्परागतरुपमा देवीदेवताका मन्दिरमा कार्तिक शुक्ल पक्षमा पूजाआजा हुने गरेको स्थानीयले बताएका छन् । बैतडीको त्रिपुरासुन्दरी भवगती मन्दिरमा सोमबार र मङ्गलवार मेला लाग्ने भएको छ । मेलामा राँगा र बोकाको बलि दिइने गरिन्छ । स्थानीय भाषामा रणशैनी नामले प्रसिद्ध सो मन्दिरको दर्शन गर्नकालागि सुदूरपश्चिमका साथै सीमावर्ती भारतको झुलाघाट, पिथौरागढलगायतका ठाउँबाट पनि भक्तजन आउने गर्दछन् । यस्तै, मेलौली भगवती मन्दिर र रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने चलन रहिआएको बताइएको छ । 

जिल्लाका रौलाकेदार, महारुद्र मन्दिर, श्रीकोटमा रहेको भिटाकेदार मन्दिर, सुरपाल मन्दिरलगायतका ठाउँमा कार्तिक शुक्ल पक्षमा पूजाआजा तथा जात्रा हुने गरेको छ । कार्तिक शुक्ल अष्टमीका दिन धेरै मन्दिरमा पूजाआजा तथा जात्रा हुने गरेको छ भने धेरैजसो मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा हुने गरेको छ । 

यस्तै, दार्चुलाको प्रसिद्ध मालिकार्जुन धाममा समेत कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा तथा मेला लाग्ने गर्दछ । दार्चुलाकै लटिनाथ मन्दिर, बन्तोली, देवथली, जैपुर, बल्लेख, पाती र लेकगाउँलगायतका ठाउँमा मेला तथा जात्रा लाग्ने स्थानीय पङ्कज धामीले जानकारी दिनुभयो । 

डडेल्धुरामा रहको उग्रतारा मन्दिर, कैलपाल मन्दिर, बझाङ र बाजुरामा घोडेजात्रा, डोटीमा रहेको दुर्गामन्दिर, अछामको जामा केदार, मुजाबगरमा पनि मेला लाग्ने गर्दछ । 

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिका बेला मन्दिरमा पूजाआजा हुने भएपनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई