2026-09-13 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा फैलिएको झाडापखालले एकको मृत्यु, ३४ विरामी

राम नारायण पंडित, कात्तिक २५, सिराहा । सिरहामा फैलिएको झाडापखालको प्रकोपले एक बालकको मृत्यु भएको छ भने ३४ जना विरामी परेका छन् । झाडापखालाले मृत्यु हुनेमा औरही ३ का ७ वर्षिय वर्जुन यादव रहेको हो । सोमबारदेखि देखापरेको झाडापखाला जिल्लाको औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ । विरामीहरुमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको छ ।

झाडापखालाबाट बाल बालिका सवैभन्दा बढी प्रभावित भएका छन् । बिरामीहरुलाई एक घन्टामा नै ५÷६ पटक भन्दा बढी पटक पखाला लाग्ने गरेको उपचारमा संलगन चिकित्सकको भनाई रहेको छ । झाडा पखाला फैलिएपछि स्थानिय वासिन्दा त्रसित छन् । यता, जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

झाडा पखाला नियन्त्रणको लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दयाशंकर लाल कर्णले जानकारी दिए । उनले पानीका कारण झाडा पखाला लागेको हुन सक्ने भएकोले पानी परीक्षणकोलागि काठमाडौं पठाईएको बताए । उनले झाडापखालको लागि जनस्वास्थ्यसँग प्रयाप्त औषधी रहेको पनि जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन