2026-07-08 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको फरक मतसहित समितिले प्रस्ताव पठायो

कात्तिक २५, गुल्मी । गुल्मी जिल्लाको स्थानीय तह पुनःसंरचनाको खाकालाई दलहरुको फरक मतसहित प्राविधिक समितिले केन्द्रमा सिफारिस गरेको छ । 

जिल्लामा गठित कार्यदलले तयार पारेको खाकामा जिल्लास्थित राजनीतिक दलहरुको बीचमा सहमति जुट्न नसकेपछि प्राविधिक समितिले पार्टीहरुका फरक मतसहित नगरपालिका र गाउँपालिकाको सङ्ख्या, नाम र केन्द्रहरुको सिफारिस गरेको हो । 

एउटै खाका पठाउनका लागि लामो समयसम्म दलहरुबीच छलफल भएपनि दलहरु सहमतिमा पुग्न नसकेपछि आ–आफ्नो पार्टीको फरक मतसहितको खाका प्राविधिक समितिलाई बुझाएका थिए । जिल्लाको स्थानीय तह पुनःसंरचनाका लागि गठित कार्यदलको खाकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको सहमति भए पनि केही केन्द्रहरुमा नेकपा (एमाले) लगायतका अन्य दलहरुले फरक प्रस्ताव राखेका छन् । 

स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले फरक प्रस्तावका बीच जिल्लालाई दुई नगरपालिका र १० गाउँपालिका निर्धारण गरी नामाकरण, वडा विभाजन र केन्द्रको सिफारिससमेत गरेको छ । स्थानीय तह पुनःसंरचनाकोे विषयलाई लिएर जिल्लाका केही क्षेत्रमा स्थानीयवासी आन्दोलित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली