नरी बडु, कात्र्तिक २६ बैतडी ।
भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २६ बैतडी ।
भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारत"/>

2026-09-19 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भारतीय नोट बन्द हुदा नेपाली बिरामी समस्यामा

नरी बडु, कात्र्तिक २६ बैतडी ।
भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारतमा उपचार गर्न गएका बिरामीहरु समस्यामा परेका छन् ।

भारतीय मुद्रा नचलेपछि उपचारको लागि भारतको पिथौरागढ, लुवाघाट, हल्द्वानी लगायतका ठाँउमा गएका नेपाली विरामीहरुको बिचल्ली भएको भारतको पिथौरागढमा रहेको एक निजि अस्पताल (डक्टर रेणु जग्दीश) का डक्टर तारा जोशिले बताए ।

“अहिले उक्त अस्पतालबाट मात्रै गम्भीर रारिरीक समस्या भएका र अपरेशन गर्नुपर्ने दैनिक दुई देखि तीन जनासम्म विरामी नोट नचल्दा उपचार पाउनबाट बन्चीत भएका छन” उनले भने ।

थोरै खर्चमा उपचार गर्नुपर्ने र जटिल अपरेशन गर्नुपर्ने केहि बिरामीहरुको आफुहरुले उदारोमा पनि उपचार गराईरहेको उहाँको भनाई छ । “भाईको हड्डीको अपरेसन गर्नुपर्ने भएकाले सयखडा तीन प्रतिशतका दरले भारु नोट साटेर पिथौरागढ लगे तर त्यहाँ उक्त नोट अस्पतालले लिन नमानेपछि समस्या भएको छ” बैतडीको कोटीलाका धनबहादुर बोहराले भने ।

बिरामीको समस्यालाई हेरी यो समयमा आफुहरुले नेपाली नोट चलाएपनि नेपालका बिरामीहरुलाई जानकारी नहुदा अघिनै कमिशन तिरेर भारु नोट ल्याउने गरेको भारतको एक निजि अस्पतालका डक्टर जग्दीश गडकोटीले बताए ।

कमिसन दिएर भारु नोट लगि उपचार गराउन भारत गएका नेपलीहरु समस्यामा परेकाले नेपाल सरकारले कुनै कुटनितिक पहल चालि समस्या समाधान गर्नुपर्ने बैतडीको माहाकाली शर्माली गाविस (हाल भारतको पिथौरागढमा छोरीको हड्डी अपरेसन गरीरहेका) विरसिह साउदको भनाई छ ।

क्याप्सन : भारतको पिथौरागढमा रहेको बैतडी, दार्चुला, बझाङ, लगायत सुदूरपश्चिमका नेपालीहरुले उपचार गराउन जाने भारतको एक निजि अस्पताल
तस्बिर : नरी बडु (पिथौरागढ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई