Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कुकुरको टोकाइबाट भक्तपुरमा तीसभन्दा बढी घाइते

By kit 2 मिनेट पढाइ

कात्तिक २८, भक्तपुर । कुकुरले टोक्दा आज बिहानै तीसभन्दा बढी बटुवा घाइते भएका छन् ।

सुडालतिरबाट दौडँदै आएको एउटा कुकुरले सुडाल, कमलविनायक र च्यामासिंहसम्म पैदल हिँड्नेलाई टोक्दै आएको नगरकोट नगरपालिका सुडालका घाइते जीवन गिरीले जानकारी दिए ।

उनले भने —“दौडँदै आएको कुकुरले बाटोमा भेटे जतिलाई टोक्दै गयो, मलाई पनि दुई पटक टोक्यो, कुकुरको टोकाइबाट आज बिहान सुडाल, कमलविनायक, च्यामासिंहका केही क्षेत्रमा तनाब बनायो ।”

टोकाइबाट घाइते भएकोहरुको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केन्द्रले कुकुरको टोकाइबाट उपचारका लागि आएका ३४ जनालाई सामान्य उपचार गरी टेकु अस्पताल पठाइएको जनाएको छ ।

सो कुकुरलाई च्यामासिंह नजिकै मालपोत कार्यालय जाने बाटामा स्थानीयवासीले घेराबन्दीमा पारेर मारेको घाइते गिरीले बताए। रासस