2026-09-01 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जसले गुल्मीको नेटावासीलाई आँशुको पोखरीमा डुवाएर विदा भए

प्रेम सुनार । कात्तिक–२८, गुल्मी । गहुँगोरो चिटिक्क परेको हाँसिलो मुहार अनि रंङ्गीलो परासीलो स्वभाव । गाउँमा नाचेर गाएर कहिल्लै नथाक्ने र दर्शकहरु उनिबाट कहिल्लै नमिच्छीने गर्दथे । 

यहि क्रममा उनी भारतिय सेनको लाहुरे बने । गाउँमा उनि विना केहि समय शुन्यता छायो । लाहुरे भएर पहिल्लो छुट्टीमा आएका उनलाई हिजोका साथी संङ्गीहरुले वरीपरी नघेर्ने त कुरै भएन, उनिसंग विवाह गर्न पाएत जिवनकै सपना पुरा हुने थियो भन्दै नकल्पीने कुनै युवतीहरु थिएनन् । 

नेपाली कांग्रेस नेटा गाविसका सभापति वोमबहादुर श्रीस्का कान्छा र प्यारा छोरा सन्देश श्रीस्को अधुरो जिवनको कथा हो यो । जसले तिहार मान्न छुट्टि लिएर आएको केहि दिन नवित्दै कार्तिक २७ गते विहान मर्निङ वाकका क्रममा गाडीले हानेर २०/२२कै अल्पआयुमै ज्यान गुमाउनु पर्यो । 

एक्कासी घाउँमा खवर आयो । सन्देशको ज्यान गयो भन्दै । सारामा रुवावासी चल्यो । अरु भन्दा पनि सवैका आँखमा सन्देशले तिहारमा गरेको रमाईलो र त्यस अघिका दिनहरुमा नाच्ने गाउने गरेको दृश्य नाचिरह्यो । डेढ वर्ष अघि मात्र भर्ति भएकोले उनको विवाहको जाँचो पाँजो मिलाउने तर्खर पनि परिवारमा चल्दै थियो । 

आखिर प्राकृतिक नियम र समयको माग न हो, उनको पनि कसैसंग गहिरो प्रेम र विवाहको सपना थियो नै होला । त्यस्तो सपना देखेर वसेकी उनकी प्रेयसी थिईन भने अहिले उनको अवस्था के भए होला ? 

निकै हँसिला सन्देश यो समाचारदाता दुई वर्ष अघि नेटामा जाँदा आफु मेरो फ्यान भएको भन्दै ओझेलका खवरका विषयमा हाँसो ठट्टा पनि गर्ने गर्दथे । उनको घरमा म गई राख्ने गर्दथे ।

हिष्टपुष्ट शरिर भएका सन्देश भर्ति नुहुनु पुर्व पनि गाउँका राम्रा खेलाडी थिए । अत्यन्तै मिलनसार सन्देश आँखामा राखेर नविझाउने मलम थिए । 

त्यस दिन विस्तराबाट जुरुक्क उठेर झिसमिसेमा हिड्दै गरेका सन्देशलाई खै कहाँकोा रात्री वस आयो र ड्याङ्ग हानेर भाग्यो र हामीबाट उनलाई सधैका  लागि चुड्यो ।  अहिले हामी संग उनको त्यही नाचगान, हिडडुलको नखिचेको फोटो मात्रै रहेको छ । जेहोस् उनले गाउँमा नाच गान गर्दाको र एउटा लाहुरे छँदाको तस्वीर भने सम्झनाका लागि छाडेर गएका छन् । तिनै तस्वीरहरु नै उनलाई सधै सम्झाई रहने माध्यम बन्ने छन् । हार्दिक श्रद्धाञ्जली सन्देश तिमी हाम्रो स्मरणमा सधै रही रहने छौं । वस यति नै, सन्देश ओझेलका खवर भन्ने तिम्रो प्रिय दाजु प्रेम सुनारको तर्फबाट… 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली