राम नारायण पंडित/कात्तिक २९, सिरहा । आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । 

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक २९, सिरहा । आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । 

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्"/>

2026-09-11 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमला नदीमा भूतमेला: तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो


राम नारायण पंडित/कात्तिक २९, सिरहा । आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । 

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । धनुषा सिरहा र भारतको त्रिवेणीमा अवस्थित कमला नदीमा धामीझाँक्री बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको थियो । 

उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषाके सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए । 

हजारौ स्त्री पुरुष दुवैपट्टिका नदीका किनारमा भगत देउता खेल्न खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहेका १० देखि २० जनाको समूहका ब्यक्तिहरुले भगतालाई प्रश्न गर्ने गीत गाउनमा व्यस्त थियो । आफनो शरीरमा वास बस्न आएका देवतालाई वास वस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी कमला नदीमा स्नानका लागि आएका हुन् । ’

विवाह गरेको सात वर्ष भयो । तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन् दिनदिनै भूत पनि खेल्छे,’ आफनी ३० वर्षीया वुहारी रामवती देवीलाई डोर्याएर इनरुवा घाटमा आहुत सल्काएर भगता नजिक लग्दै गरेकी भारत मधुवनी जिल्लाको साहरघाटकी ५० वर्षिया सासू निर्जलादेवीले भनिन, ’कुन जोगिया भूतप्रेत पाल्नेले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको । भगताले झारफुक गरेर बच्चा हुन्छ त भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन् मेरी जेठी बुहारी रीता देवीलाई कमलामाईकी कृपाले छोरा भएको छ ।’

कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ । टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन । 

विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन्। आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ । देवीदेवताको गात स्थायी होस् भनेर आआफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । 

पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । महोत्तरी धनुषा सर्लाही सिरहा सप्तरी बारा  पर्सा सुनसरी मोरङ र भारतको दर्जनौ गाउँबाट लावालस्कर का साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस