राम नारायण पंडित/कात्तिक ३०, सिरहा । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्रहरीलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जोड दिइएको छ । जनता र प्रहरीबिचको सम्बन्ध थप सुदृद्ध बनाउने उदे्श्यले आयोजना गरिएको सार्वजनिक सुनुबाई कार्यक्रममा अधिकांश बक्ताहरुले प्रहरीको काम कार्बाहीको समिक्षा गर्दै अगामी दिनमा प्रहरीले थप चुस्त दुरुस्त र नागरिक मैत्री सेबा प्रबाह गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) श्यामलाल ज्ञबाली कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुका साथै उपस्थितहरुले जिल्लाको शान्ति सुरक्षा र नेपाल प्रहरी प्रदान गर्ने सेवा सम्बन्धमा राखिएको जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सिरहाका प्रहरी प्रमुख (एसपी) ज्ञबालीको साथै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायव उपरिक्षक महेश अधिकारी, मिर्चेया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दास रहेका थिए ।

यस्तै सेक्टर बन कार्यालय मिर्चैयाका प्रमुख झरोखी साह, नेपाल बिद्युत प्राधिकरण मिर्चैया बितरण केन्द्रका इन्जिनियर संजिब कर्ण, खानेपानी मिर्चैयाका प्रमुख राम लोचन साहको साथै राजनितिकर्मी, बुद्धिजिबी, नागरिक समाज, स्थानियबासी, ब्यापारी, संचारकर्मी लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

मिर्चैयामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न