मंसिर १ ओखलढुंगा । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि ओखलढुंगामा जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन भएको छ । मंगलबार सदरमुकाममा राष्ट्रिय मतदाता अधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १ ओखलढुंगा । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि ओखलढुंगामा जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन भएको छ । मंगलबार सदरमुकाममा राष्ट्रिय मतदाता अधिक"/>

2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा मतदाता अधिकार मञ्च गठन


मंसिर १ ओखलढुंगा । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि ओखलढुंगामा जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन भएको छ । मंगलबार सदरमुकाममा राष्ट्रिय मतदाता अधिकार मञ्चका केन्द्रीय अध्यक्ष भक्त विकको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच ओखलढुंगामा १५ सदस्यीय मञ्च गठन गरिएको हो । 

विभिन्न क्षेत्र,व्यक्ती र संघसंस्थाको प्रतिनिधित्व हुने गरि अधिवक्ता टुकराज निरौलाको अध्यक्षतामा ओखलढुंगा मञ्च गठन भएको छ । मञ्चको उपाध्यक्षमा टिकाकुमारी भुजेल, सचिवमा सञ्जय खत्री र कोषाध्यक्षमा दिर्गबहादुर खत्री चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा पूर्णप्रसाद न्यौपाने,लिला सुनुवार,रेणु पराजुली,पुर्ण श्रेष्ठ,छविलाल मगराती,मित्रराई,झनक कार्की,मदन राई,विमला दाहाल,कविता तिमलसिना र पदम कार्की चयन हुनुभएको छ । त्यस्तै मानबहादुर बस्नेतको संयोजकत्वमा बलबहादुर परियार,एकराज खतिवडा र सिता विक सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ । मञ्च गठन कार्यक्रममा बोल्दै मञ्चका राष्ट्रिय अध्यक्ष भक्त विश्वकर्माले लोकतन्त्रको सुन्दरता भनेको निर्वाचन भएको भन्दै निर्वाचनमा मतादातालाई सुसुचित गराउने उदेश्यले मञ्चको जन्म भएको बताउनुभयो । उहाँले नेपालमा सामाजिक रुपमा पछाडि पारिएका बर्गहरुको सहभागिता ग्यारेन्टी गराउन सहयोग पु¥याउन मञ्चले सहजीकरण गर्ने बताउनुभयो ।

ओखलढुंगाका निर्वाचन अधिकारी अर्जुन राईले निर्वाचनले विधिको शासन स्थापना गर्ने भन्दै जनतालाई सुसचित गर्ने संस्था आफुहरुको सारथी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो मञ्चले निर्वाचन सफलपार्नमा सहयोग गर्ने भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित गैरसरकारी संस्था महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, जागरण मिडिया सेन्टर, सञ्चारीका समूह, क्रियाशिल महिला पत्रकार, दलित महिला संघ, एकल महिला समूह, निलहिरा समाज, तराई विकास मञ्च, बुद्ध जागरण सामाजिक सेवा, सृजनशिल समाज नेपाल लगायतका विभिन्न २१ वटा संस्था मञ्चमा आबद्ध छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई