प्रेम सुनार । मंसिर –४, गुल्मी । सयौंको संख्यामा प्रहरीबल रहेको गुल्मी जिल्ला प्रहरी कार्यालय भित्र गएराती मदिरा सेवन गरेको एक जना व्यक्ति, त्यो पनि आफ्नै प्रहरी जवानला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । मंसिर –४, गुल्मी । सयौंको संख्यामा प्रहरीबल रहेको गुल्मी जिल्ला प्रहरी कार्यालय भित्र गएराती मदिरा सेवन गरेको एक जना व्यक्ति, त्यो पनि आफ्नै प्रहरी जवानला"/>
2026-09-01 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एक जना प्रहरीलाई नियन्त्रणमा लिन गुल्मीमा लाठी चार्ज

प्रेम सुनार । मंसिर –४, गुल्मी । सयौंको संख्यामा प्रहरीबल रहेको गुल्मी जिल्ला प्रहरी कार्यालय भित्र गएराती मदिरा सेवन गरेको एक जना व्यक्ति, त्यो पनि आफ्नै प्रहरी जवानलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको खवर आज वाहिर आएको छ  । 

डिउटीमा रहेका प्रहरी जवान रामु बिसी मदिरा सेवन गरी नियन्त्रणमा लिन नसकिए पछि उनलाई आफुले ३/४ पटक लाठी डाढमा हिर्काएको त्यस कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव स्वयमले  स्वीकार गरेका छन् ।  

उनको कुटाईबाट डाडमा राक्ताम्मे डाम लिएर जिल्ला अस्पतालमा भर्ना भएका प्रहरी जवान रामु विसी हिजो वेहोस भएर मरणशन्य अवस्थामा पुगेको र धेरैवेरपछि होसमा आएको कुरुवा वसेकी उनकी श्रीमतिले बताईन् । 

हिजो साँझ ६ वजेर १० देखि मेरो  डिउँटी तोकिएको रहेछ प्रहरी जवान बिसीले भने –‘ मैले दिउँसै देखि रक्सी पिएकोले आज सक्दीँन  कोठामा जान्छु सर भनेर हल्दार सावलाई भनेको थिएँ । गेटमा आई पुग्दा एक्कासी सईसाव आएर एक्कासी हिर्काउन थाल्नु भएको हो ।’

यता  प्रहरी सहायक निरीक्षक यादवको भनाई यतो छ –‘ उ संग मेरो कुनै रिसईवी थिएन् । उसलाई मायाँ गर्थे नविग्रियोस भनेर धेरै पटक सम्झाउँदै पनि आएको थिएँ । त्यही क्रममा उसको हिजो साँझ डिउँडी ६ वजेर १० मिनेट देखि थियो । त्यस बेला पट्रोलमा हिडेको प्रहरीले उसलाई उदिनढुङ्गामा मदिराले चरम मातेको अवस्थामा फेला पार्यो ।

सम्झाएर हिड भन्दा उसले पट्रोलिङ्गमा गएका प्रहरी हवल्दार चम्फ् चौधरी र नन्दनसिंह महरालाई नटेरी अस्लील शव्द प्रयोग गर्दै त्यहाँबाट हिड्यो । ति दुई हवल्दाद्धयले कार्यालयमा रहेका हवल्दार मेजरलाई रिर्पोट गरेछन् । हवल्दार मेजर पदम श्रेष्ठले समातेर राख्नुस् म मोवाईल्स गाडी पठाई दिन्छु भने ।  तर त्यो हुन सकेन । विसी गेटमा आई पुग्यो । गेटमा आएर डिउटीमा बसेका प्रहरी जवानलाई  समेत लाठीले हान्यो  ।

त्यसको रिर्पोट भित्र रहेका हवल्दार मेजर श्रेष्ठ संग गरियो । हवल्दार मेजर श्रेष्ठ सहितका दुई तिन जना भित्रबाट आएर सम्झाउन खोज्दा बिसीले तथानाममा गाली गर्न थाले । त्यस पछि डिउटी अफिसरको डिउँटीमा रहेका प्रहरी सहायक निरीक्षक लालकुमार श्रेष्ठलाई हवल्दार मेजर श्रेष्ठले रिर्पोट गरे ।

बाहिर मोवाईल गस्तीमा रहेको म आफुलाई सईसाव श्रेष्ठले बोलाए पछि म गेटमा आएर सम्झाएर मेडिकल गराउन अस्पताल जाउँ भनेर सम्झाएको हुँ तर उसले  मलाई समेत हातपातको प्रयास गरे पछि नियन्त्रणमा आउँथ्यो कि भनेर ३/४ लाठी ढाडमा हानेकै हुँ ।’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावल संग सम्पर्क राख्दा प्रहरी जवान बिसीलाई प्रहरी सहायक निरीक्षक यादवले कुट्नुको साटो थुनेर अर्को दिन कार्वाहीका लागि पेश गर्नु पर्ने बताए । 

‘कुटाई खाने प्रहरी जवान बिसीको ब्यागराउण्ड ठिक छैन् । हिजो उ डिउटीमा रहेको मान्छेले मदिरा सेवन गरेर मात्नु, सिनियरहरुलाई नटेर्नु, गालि गलौज गर्नु र गेटको डिउटीमा रहेको प्रहरी जवानलाई समेत हातपात गर्नु प्रहरी जवान  बिसी कार्वाहीका भागिदार थियो नै तर  नियन्णमा लिएर राख्नुको साटो कुट्ने यदावलाई पनि क्षतिपुर्ति सहितको कार्वाही गरिन्छ’ उसलाई पनि कार्वाही गरिन्छ ’ –प्रहरी प्रमुख रावलले भने ।

उनले थपे जिल्लाभर ९ सय भन्दा बढि प्रहरी छन र  यि मध्ये मदिरा सेवन गरेर अनुशासन भन्दा बहिर जाने अझै पनि १० ÷ २० जना नहोलान भन्न सकिन्न तर उनिहरुलाई कार्वाही गर्ने हो कुटेर तह लगाउनु पर्छ भन्ने सोच्नु हुँदैन् ।

ढाडमा रक्ताम्मे डाम भएर अस्पालको शैयामा लडेका प्रहरी जवान विसीलाई देख्दा कतिपय सर्वसाधरणहरुले आफ्नै मान्छेलाई त प्रहरीले यसरी निर्ममतापुर्वक कुट्छ भने भित्र हिरासतमा रहेकाहरुलाई कवुलियत गर्ने क्रममा कति पिट्दो हो भनेर  प्रतिप्रश्न समेत गरे । अर्घाखाँचीको सिमलपानी ६ घर भएका प्रहरी जवान विसीको जागिर अवधी ९ वर्ष भएको र जिल्ला प्रहरी कार्यालय आएको ३ वर्षमा टेकेको बताईएको छ । उनलाई धेरै पटक मदिरा सेवन गरेर अनुशासनहिन कार्य गरेवापत नैसियत दिईएको । 

पहिलो पटक २०७२ साल बैशाख २७ गते उनको अभिलेखमा जनाईने गरी नैसियत पनि दिईएको । दोश्रो पटक जेष्ठताको आधारमा खाईपाई आएको तलवको सुरु स्केलबाट घटुवा समेत गरिएको प्रहरी श्रोतले जनाएको छ । 

तस्वीरः असई यादवको कुटाईबाट ढाडमा रक्ताम्मेडाम देखाउँदै जिल्ला अस्पतालमा भर्ना भएको प्रहरी जवान बिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली