पढ्न करिब 4 मिनेट लाग्छ

प्रेम सुनार । मंसिर –४, गुल्मी । गुल्मीमा रहेको नेपाली सेना गुरुगोरख गुल्म धागीथुम ब्यारेकले रेसुङ्गा नगरपालिका–७ कुँडापानी स्थित अर्जुन प्राथामिक विद्यालयको ६ तले भवन निर्माणमा सहभागी हुँदै आएको छ ।

उसले गत असारमा अविरल वर्षा संगै आएको बाढि पहिरोले निर्माणधिन भवनलाई बगाए दिए पछि पुर्ननिर्माण गर्दै आएको हो । शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट वर्षेनी २ लाखका दरले कुल आठ लाख रकम परेको थियो । २०७१/०७२ मा २ लाख र त्यस पछिको आर्थिक वर्षमा २ लाख गरी ४ लाख मुल्यवरावरको ६ कोठे भवनको निर्माण कार्य भईरहेको बेला गत असार महिनामा आएको अविरल वर्षाले त्यसलाई बगाई दिनुको अलवा विद्यायल सम्म आउने बाटो र पुरानो भौतिक संरचना समेत क्षति पुराई दिए पछि वालवालिकाहरु विद्यालय आउन समेत नसक्ने अवस्थामा पुगेका थिए ।

त्यस्तो विपद् आई परेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले सुरक्षा निकाय र अन्य कार्यालय प्रमुख सहितलाई त्यहाँ लगेर अवलोकन गराई नेपाली सेनालाई आग्रह गरे अनुरुप सेनाले जनशक्ती दिने निर्णय गरेको गुल्मपति सेनानी महेन्द्रकुमार पुनले बताए ।

‘त्यति वेला विद्यालय परिवार निकै संकटमा परेको हामीले पायौं , सार्वजानिक जनहितका लागि काम गर्ने सेनाको नीति अनुरुप आफुहरु त्यस विद्यालयको निर्माणमा लागेका हौं ’–सेनानी पुनले भने–‘ आज पहिलो तला ढलान गर्ने बेला सम्म आई पुग्दा निकै खुशी लागेको छ । ’

स्थानिय समाज सेवी देवबहादुर थापाले नेपाली सेना गुरुखोरख गुल्म र त्यसलाई नेतृत्व गरेका गुल्मपति सेनानी पुनले विद्यालय निर्माणमा जुटेर स्थानियवासीलाई लगाएको ऋण कहिल्लै तिर्न नसकिने बताए ।

‘यतिका दिन देखि घाम न पानी, दिन न रात नभनेर जवानहरु सहित स्यव मेजर साव समेत खट्नु भएको छ’– थापाले भने –‘उहाँहरु प्रति र सिङ्गो नेपाली सेना प्रति हामी कृतज्ञता जाहेर गर्दछौं ।’

आज सोही विद्यालयमा भएको एक समारोहमा गुल्मी जिल्लाका सवै राजनैतिक दलहरुको तर्फबाट बोल्दै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण सुनारले पनि यहाँका सवै राजनैतिक दलहरुको तर्फबाट नेपाली सेना गुरुगोरख गुल्मप्रति आभार प्रकट गरे ।

‘गुल्मीमै रहेको कालिगण्डकी कोरिडोरमा पनि नेपाली सेनाले जनताको मन जित्ने गरी काम गर्दैछ । अव केहि दिन पछि तम्घास देखि प्युठान सम्म जोड्ने केकुलेको भिर पनि नेपाली सेनाले फोर्दैछ ’– उनले भने ‘नेपाली सेनाले सितिमिती काम थाल्दैन थाले पछि पुरा गरेरै छाड्छ र उसले गरेको कत्तै नराम्रो हुँदैन त्यसैले पनि उ धन्यबादको पात्र रहेको छ , यहाँका हामी सवै राजनैतिक दलहरु आभार प्रकट गर्न चाहन्छौं ।’

आज त्यस विद्यालयको वार्षिकोत्सवको आवसमा नेपाली सेनाले त्यस विद्यालय भवनको एक तला ढलान गर्दै थियो । वार्षिकोत्सव समारोहमा वोल्ने अधिकांस वक्ताले नेपाली सेनाको खुलेर प्रशंसा गर्दै कृतज्ञता जाहेर गरका थिए ।

मन्त्रालयको ७ लाख, जिल्ला शिक्षा कार्यालयबाट डेढ लाख, निर्माण सामग्री चन्दादाताबाट करिव दुई लाख वरावरको र हाल सम्म ४६ हजार नगद सहयोग संकलन भएको त्यस विद्यालयकी प्रधानध्यापक कविता खनाल ज्ञवालीले बताईन् । करिव ५० लाख लागतमा निर्माण हुने ६ कोठे भवनमा नेपाली सेना गुरुगोरख गुल्मले करिव ३ लाख रुपैयाँ वरावरको जनशक्ती परिचालन गरेको छ ।

त्यस्तै गुल्मीमै रहेको सशस्त्र प्रहरी वल, नेपाल प्रहरी, यहाँका संघ संस्था र व्यक्तिहरुले पनि आर्थिक र निर्माण सामग्री सहयोग गरेर निर्माण गर्न लागिएको प्रधानध्यापक ज्ञवालीले जानकारी दिईन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडानन्द पाण्डेले नेपाली सेनाले काम नगरेको भए विद्यालय निर्माण गर्न आफुहरुले कुनै पनि हालतमा नसकीने भएकोले उसको सहयोग आफुहरुका लागि ठुलो भएको बताँदै सिङ्गो नेपाली सेना प्रति कृतज्ञता जाहे गरे । अहिले साँझ अवेर सम्म पनि नेपाली सेना त्यस विद्यालय भवनको छत ढलान गर्ने कार्यमा तैनाथ भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पाण्डेको अध्यक्षता र शिक्षिका एमुना रोकाको स्वागत मन्तव्य तथा शिक्षक प्रकाश पाण्डेको सञ्चालन रहेको थियो ।