मङ्सिर ६, भोजपुर । यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्ने निर्णय गरिएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ६, भोजपुर । यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्ने निर्णय गरिएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहा"/>

2026-07-09 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था

2016-11-21


मङ्सिर ६, भोजपुर । यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्ने निर्णय गरिएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहान बसेको आपतत्कालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल रु १३ हजार राहत दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्ने निर्णय गरेको छ । 

बैठकमा जोखिममा रहेका संरचनालाई तत्काल व्यवस्थापन, सञ्चार सम्पर्क स्थापनाको पहल र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घलगायतले आर्थिक सहयोग सङ्कलन जुटाउने निर्णय गरियो । 

भोजपुर सदरमुकामको भोटेपसलमा आइतबार भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेकोे छ । 

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नगरपालिकाको वारुणयन्त्र र स्काभेटरको समेत प्रयोग गरिएको थियो । 

साँघुरो सडक र बाक्लो घर भएका कारण आगो बेलैमा नियन्त्रणमा ल्याउन नसकेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताउनुभयो । आगलागीबाट रु तीन करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो