जितेन्द्र भण्डारी/मङ्सिर ७, पाँचथर । मुलकको तेस्रो तथा बालमैत्री गाविस घोषणा गर्न पाँचथरको सराङडाँडा गाविस मुलकको तेस्रो बालमैत्री गाविस घोषणा हुने भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी/मङ्सिर ७, पाँचथर । मुलकको तेस्रो तथा बालमैत्री गाविस घोषणा गर्न पाँचथरको सराङडाँडा गाविस मुलकको तेस्रो बालमैत्री गाविस घोषणा हुने भएको छ ।"/>

2026-11-01 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नेपालको सराङडाँडा गाविस तेस्रो बालमैत्री गाविस घोषणा हुने तयारीमा


जितेन्द्र भण्डारी/मङ्सिर ७, पाँचथर । मुलकको तेस्रो तथा बालमैत्री गाविस घोषणा गर्न पाँचथरको सराङडाँडा गाविस मुलकको तेस्रो बालमैत्री गाविस घोषणा हुने भएको छ ।

बालमैत्री गाविस घोषणाका लागि अहिले अभियानलाई तिव्रता दिइएको छ । 

गत असोज १३ गते नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएपनि वर्षादको समयमा जिल्ला स्तरीय तथा संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालय बाट अनुगमन हुन नसक्दा उक्त घोषणा कार्यक्रम स्थिगत भएको थियो । 

यस गाउँ विकास समितिलाई बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्य्विधि–२०६८ ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरु पूरा गरेको भन्दै नेपालकै दोस्रो बालमैत्री गाविस घोषणा गर्न लागिएको हो ।

 कार्यविधिले उल्लेख गरेअनुसारका ३९ वटा सूचकहरु पूरा गरिसकेको हुँदा अव चाँडै बालमैत्री गाविस घोषणा हुन सक्ने बालमैत्री जिल्ला अनुगमन समितीका संयोजक तथा निमित्त स्थानिय विकाश अधिकारी भानुभक्त बरालले वताउनुभयो ।

 जिल्ला बाट अनुगमन समेत भइसकेको छ, अव चाँडै स्थानिय विकाश मन्त्रालय लगायतको केन्द्र बाट आउने टोलीले समेत अनुगमन गर्ने तथा केहि प्रक्रियाहरु पूरा गरिसकेपछि घोषणाको मिती तय हुने जिविसका नायव सुब्बा दुर्गा तिम्सिनाले जानकारी दिनुभयो । 

बालमैत्री गाविस घोषणाका लागि गाविसमा भएका सम्पूर्ण राजनितीक दलहरु,संघ संस्था,सामुदायिक तथा संस्थागत विद्यालयहरु,आमा समूह,सहकारी संस्थाहरु,वडा नागरिक मंच,गाविस,जिविसल लगायतका सरकारी तथा गैरसकारी निकायहरु समेत लागि परेको त्यस क्षेत्रका नागरिक समाजका अगुवा तथा स्वास्थ्य ब्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र वस्नेतले वताउनुभयो ।

बालमैत्री गाविस घोषणाका लागि बालमैत्री स्थानिय शासन सम्वन्धि अभिमुखीकरण, अवलम्वन र प्रतिवद्धता, घोषणाको कार्य योजना,बालमैत्री स्थानिय शासन वडा समिती गठन,सेवा प्रवाह र संस्थागत सूचकहरुको प्रचार प्रसार लगायतका कार्यहरु भइसकेको सराङडाँडा गाविस सचिव किशोर चन्द्र आर्चयले जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो,“ बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागितासंग सम्बन्धित २७ ओटा र संस्थागत १२ ओटा गरी ३९ ओटा सूचकहरु पूरा गरेपछि मात्रै स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न सकिने बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ मा उल्लेख गरिएको छ, ती सवै सूचकहरु पूरा भइसकेको हुँदा अव चाँडै बालमैत्री गाविस घोषणा हुन सक्छ ।”

आमाको गर्भमा रहेदेखि १८ बर्षको अवधि सम्म बालबालिकाहरुले पाउनुपर्ने हरेक हक अधिकार प्राप्त हुनुपर्ने भन्दै बालमैत्री स्थानीय शासनको अवधारणा अघि आएको हो । 

शनिबार मात्रै जिल्ला स्तरीय अनुगमन समितीले अनुगमन गरेको छ । टोलीले अव स्थानिय विकाश मन्त्रालय तथा जिल्ला स्तरीय अनुगमन पुन गरेर मात्रै घोषणाको मिती तोकिने वताएको छ । टोलीमा सम्मिलत जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु बालमैत्री गाविस घोषणाका लागि आवश्यक मापदण्डमा पुग्नुपर्ने सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । 

यो गाविस यसअघि खुल्ला दिशामुक्त क्षेत्र, साक्षर, खोपयुक्त, घरभित्रको धुवामुक्त घोषणा भइसकेको छ । यसअघि मोरङको तेतरिया,र नवलपरासी जिल्लाको प्रगतिनगर गाविस बालमैत्री गाविस घोषणा भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द