जितेन्द्र भण्डारी/मङ्सिर ७, पाँचथर । मुलकको तेस्रो तथा बालमैत्री गाविस घोषणा गर्न पाँचथरको सराङडाँडा गाविस मुलकको तेस्रो बालमैत्री गाविस घोषणा हुने भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी/मङ्सिर ७, पाँचथर । मुलकको तेस्रो तथा बालमैत्री गाविस घोषणा गर्न पाँचथरको सराङडाँडा गाविस मुलकको तेस्रो बालमैत्री गाविस घोषणा हुने भएको छ ।"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नेपालको सराङडाँडा गाविस तेस्रो बालमैत्री गाविस घोषणा हुने तयारीमा

२०७३, ७ मंसिर मंगलवार ०१:४७


जितेन्द्र भण्डारी/मङ्सिर ७, पाँचथर । मुलकको तेस्रो तथा बालमैत्री गाविस घोषणा गर्न पाँचथरको सराङडाँडा गाविस मुलकको तेस्रो बालमैत्री गाविस घोषणा हुने भएको छ ।

बालमैत्री गाविस घोषणाका लागि अहिले अभियानलाई तिव्रता दिइएको छ । 

गत असोज १३ गते नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएपनि वर्षादको समयमा जिल्ला स्तरीय तथा संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालय बाट अनुगमन हुन नसक्दा उक्त घोषणा कार्यक्रम स्थिगत भएको थियो । 

यस गाउँ विकास समितिलाई बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्य्विधि–२०६८ ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरु पूरा गरेको भन्दै नेपालकै दोस्रो बालमैत्री गाविस घोषणा गर्न लागिएको हो ।

 कार्यविधिले उल्लेख गरेअनुसारका ३९ वटा सूचकहरु पूरा गरिसकेको हुँदा अव चाँडै बालमैत्री गाविस घोषणा हुन सक्ने बालमैत्री जिल्ला अनुगमन समितीका संयोजक तथा निमित्त स्थानिय विकाश अधिकारी भानुभक्त बरालले वताउनुभयो ।

 जिल्ला बाट अनुगमन समेत भइसकेको छ, अव चाँडै स्थानिय विकाश मन्त्रालय लगायतको केन्द्र बाट आउने टोलीले समेत अनुगमन गर्ने तथा केहि प्रक्रियाहरु पूरा गरिसकेपछि घोषणाको मिती तय हुने जिविसका नायव सुब्बा दुर्गा तिम्सिनाले जानकारी दिनुभयो । 

बालमैत्री गाविस घोषणाका लागि गाविसमा भएका सम्पूर्ण राजनितीक दलहरु,संघ संस्था,सामुदायिक तथा संस्थागत विद्यालयहरु,आमा समूह,सहकारी संस्थाहरु,वडा नागरिक मंच,गाविस,जिविसल लगायतका सरकारी तथा गैरसकारी निकायहरु समेत लागि परेको त्यस क्षेत्रका नागरिक समाजका अगुवा तथा स्वास्थ्य ब्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र वस्नेतले वताउनुभयो ।

बालमैत्री गाविस घोषणाका लागि बालमैत्री स्थानिय शासन सम्वन्धि अभिमुखीकरण, अवलम्वन र प्रतिवद्धता, घोषणाको कार्य योजना,बालमैत्री स्थानिय शासन वडा समिती गठन,सेवा प्रवाह र संस्थागत सूचकहरुको प्रचार प्रसार लगायतका कार्यहरु भइसकेको सराङडाँडा गाविस सचिव किशोर चन्द्र आर्चयले जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो,“ बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागितासंग सम्बन्धित २७ ओटा र संस्थागत १२ ओटा गरी ३९ ओटा सूचकहरु पूरा गरेपछि मात्रै स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न सकिने बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ मा उल्लेख गरिएको छ, ती सवै सूचकहरु पूरा भइसकेको हुँदा अव चाँडै बालमैत्री गाविस घोषणा हुन सक्छ ।”

आमाको गर्भमा रहेदेखि १८ बर्षको अवधि सम्म बालबालिकाहरुले पाउनुपर्ने हरेक हक अधिकार प्राप्त हुनुपर्ने भन्दै बालमैत्री स्थानीय शासनको अवधारणा अघि आएको हो । 

शनिबार मात्रै जिल्ला स्तरीय अनुगमन समितीले अनुगमन गरेको छ । टोलीले अव स्थानिय विकाश मन्त्रालय तथा जिल्ला स्तरीय अनुगमन पुन गरेर मात्रै घोषणाको मिती तोकिने वताएको छ । टोलीमा सम्मिलत जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु बालमैत्री गाविस घोषणाका लागि आवश्यक मापदण्डमा पुग्नुपर्ने सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । 

यो गाविस यसअघि खुल्ला दिशामुक्त क्षेत्र, साक्षर, खोपयुक्त, घरभित्रको धुवामुक्त घोषणा भइसकेको छ । यसअघि मोरङको तेतरिया,र नवलपरासी जिल्लाको प्रगतिनगर गाविस बालमैत्री गाविस घोषणा भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो