2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

आँखा उपचार केन्द्रद्वारा एम्बुलेन्स सेवा

मङ्सिर ७, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाटमा अवस्थित आँखा उपचार केन्द्रले सोमबारदेखि औपचारिक एम्बुलेन्स सेवा सुरु गरेको छ । 

७० औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारद्वारा प्रदान गरिएको उक्त एम्बुलेन्स सोमबार गाईघाटस्थित आँखा उपचार केन्द्रमा एक औपचारिक कार्यक्रम आयोजना गरेर सेवा सुरु गरिएको कुरा आँखा उपचार केन्द्र गाईघाटले बताएको छ । 

झन्डै रु ३२ लाख मूल्य बराबरको उक्त एम्बुलेन्सबाट प्रदान गरिने सेवाले आँखा उपचारका लागि आउने बिरामी र अन्य बिरामीका लागि समेत प्रयोग गर्न सेवा प्रदान गरिने कुरा आँखा उपचार केन्द्र गाईघाटका अध्यक्ष भागवत राउतले बताउनुभयो । 

एम्बुलेन्स सेवा सञ्चालनमा दलितलाई १० प्रतिशत शुल्क छुटसहित सेवा प्रदान गरिन लागेको पनि अध्यक्ष राउतले बताउनुभयो । उक्त एम्बुलेन्स सेवा सञ्चालन कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका ज्येष्ठ नागरिक ९५ वर्षीय रत्नबहादुर परियारले उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले विशेष अतिथिका रुपमा बोल्दै आँखा अस्पतालले आफ्नो एम्बुलेन्स सेवा सुरु गरेर अब जनताको सेवा गर्ने मौका पाएका कारण अब सेवाग्राहीले सही र पारदर्शी सेवा पाउने बताउनुभयो । 

यस्तै, कार्यक्रमका सभापति राउतले आँखा उपचार केन्द्रले एम्बुलेन्स सेवा सञ्चालन गर्न सफल भएकोमा सबैलाई बधाई दिँदै सहयोगको लागि पनि अनुरोध गर्नुभयो । 

सातवर्ष अघि सगरमाथा चौधरी आँखा अस्पताल, लहानको अनुमति लिएर यसको उपशाखाको रुपमा स्थापना गरिएको गाईघाटस्थित आँखा उपचार केन्द्रले हाल उदयपुर, खोटाङ र सोलुखुम्बु तथा ओखलढुङ्गासम्मका जनतालाई सेवा दिइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई