2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

हाटबजार व्यवसायीद्वारा बुटवलमा रक्तदान

मङ्सिर ७, बुटवल । हाटबजार व्यवसायी संघ जिल्ला कार्य समिति, रुपन्देहीले मंगलबार बुटवलमा रक्तदान गरेको छ । 

संघको दशौं स्थापना दिवसको पूर्वसन्ध्यामा गरिएको रक्तदान कार्यक्रमा ४५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल स्वमसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले व्यवसायिक संघ संस्थाले नियमित रुपमा रक्तदान गरे यस क्षेत्रमा बढदो रगतको मागलाई पूरा गर्न सकिने बताए ।  

त्यस्तै संघका अध्यक्ष टेकबहादुर जिसीले रक्तदान जीवनदान भन्ने भावनका साथ आफूहरुले नियमित रक्तदान गर्दै आएको बताए । संघ १८ पटक रक्तदान गरेको छ । संघकका अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष छविलाल चापागाईको स्वागत र महासचिव नेत्रप्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । 

संघका विभिन्न समयमा अनाथ आश्रमलाई सहयोग, खाद्यान्न वितरण समेत गरेर आफूलाई समाजमा स्थापित समेत गरेको छ । संघको स्थापना दिवसमा यही मंसिर १९ गते रहेको छ । 

सोही दिन पनि संघले विभिन्न रचतात्मक कार्यक्रम गरी मनाउने बताएको छ । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष भीमलाल ज्ञवाली लगायतले सबै  शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द