Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीमा पहिलो महिला एलडियोद्धारा कार्यभार सुरु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मी जिल्लाको ईतिहासमा पहिलो पटक महिला एलडियो अर्थात स्थानीय बिकाश अधिकारी भएर हिजो देखि कार्यभार सम्हालेकी छिन् ।

अर्घाखाँची डिभर्ना वडा नम्वर १  कल्पना श्रेष्ठलेले गुल्मीमा पहिलो महिला एलडियोको ईतिहाँस  रच्न सफल भएकी हुन् । छिमेकी जिल्ला अर्घाखांचीको ठाडा–१ मा जन्मिएकी  श्रेष्ठ यस अघि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको उपसचिव पदमा कार्यरत थिईन् ।

डिभर्नाकै विजय मावि बाट एस . एल . सी पास गरेकस् श्रेष्ठले  गुल्मीकै रेसुङगा क्याम्पसबाट आईए सम्म अध्ययन गरी थप अध्ययनका लागि काठमाण्डौ र विदेशका कलेजहरुमा  गएकी थिईन् । श्रेष्ठ २०६२ साल पौष महिनमा लोकसेवा आयोग लडेर महिला तथा बालबालिका मन्त्रालयमा शाखा अधिकृतको  नियुक्ति पाएकी थिईन् ।

त्यस पछि  सामान्य प्रशासन मन्त्रालयमा  समेत १३ महिना सम्म रहेकी श्रेष्ठलाई यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका छन् ।

यस अघि गुल्मीकै वासीन्दा स्थानीय विकाश अधिकारी डिलाराम पन्थी थिए । उनि अहिले  सोही कार्यभार सम्हाल्न  अछाम जिल्लामा  सरुवा भएका छन् ।

तस्वीरः  गुल्मीको पहिलो महिला एलडीयो कल्पना श्रेष्ठ मंगलवार जिल्लाको पहिलो औपचारिक कार्यक्रममा सहभागी हुँदै