Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मृगौला पिडित वालकको जिवन रक्षार्थ सहयोग संकलन

By kit 4 मिनेट पढाइ

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   वाग्ला –७ दुवानेटाका ठग प्रसाद घिमिरेका १६ वार्षिया छोरा सुय घिमिरे दुवै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेका छन् ।

उनलाई उपचारका लागि काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिए पनि  परिवारजनले उपचार खर्चको अभावमा फर्किनु पर्ने अवस्था भए पछि स्थानियवासी सहयोग संकलनमा जुटेका हुन् ।

स्थानियवासी चुरामणी घिमिरे, मधु घिमिरे, गंगा घिमिरे, सुर्य घिमिरे र सुर्य खनालको टोली कार्तिक ५ गते देखि सदरमुकाम तम्घासमा निरन्तर खट्दै चन्दा संकलन अभियान तिव्र पारेका छन् । खनालले दिएको जानकारी अनुसार हाल सम्म तम्घासबाट  ६६  हजार ३ सय २५  संकलन भएको छ । सहयोग गर्ने क्रम जारी रहेको छ ।

विशेष गरी चुरामणी घिमिरे र मधु घिमिरेको सक्रियतामा  विभिन्न सरकारी कार्यालय, संघ संस्था र उद्योगी व्यवसायीहरुबाट राम्रो सहयोग संकलन भएको खनाललले बताए ।   घिमिरे वन्धुहरुले सदरमुकामबाटै सामाजिक सञ्जाल मार्फत पनि देश विदेशमा रहेका नेपालीहरु संग सहयोगको अपिल गरेको र  केहि रकम वाहिरबाट पनि जुट्ने क्रम जारी रहेको बताईएको छ ।

मृगौला पिडित वालकका परिवार विहान वेलुकाको गुजारा चलाउन नसक्ने र उनिहरुको पुरै घर–सम्पत्ती बेचे पनि छोरालाई बचाउन नसक्ने अवस्था भए पछि वाग्लाका शिक्षक वुद्धिजिवी, राजनैतिक दल  र  देश विदेशमा रहेका अन्य वाग्लावासीले पनि सहयोग संकलन अभियान चलाई रहेको  चुरामणी घिमिरेले जानकारी दिए । पिडित वालक वाग्लाको भगवती उच्च माविका कक्षा ११ का विद्यार्थी हुन् ।   तस्वीरः अस्पतालको शैयामा जिवन रक्षाको अपिल गर्दै मृगौला पिडित वालक सुर्य घिमिरे