मङ्सिर ८, ओखलढुंगा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार प्रतिष्ठानका तदर्थ समिति संयोजक एकराज दाहालको अध्यक्षत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, ओखलढुंगा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार प्रतिष्ठानका तदर्थ समिति संयोजक एकराज दाहालको अध्यक्षत"/>
2026-11-01 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न

मङ्सिर ८, ओखलढुंगा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार प्रतिष्ठानका तदर्थ समिति संयोजक एकराज दाहालको अध्यक्षता तथा निमीक्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । भेलाले एकराज दाहालको अध्यक्षतामा १२ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको नयाँ कार्य समितिको उपाध्यक्षमा टेकबहादुर खड्का,बेलास प्रसाद धमला,सचिव जीवन शर्मा,कोषाध्यक्ष नविन श्रेष्ठ,सहकोषाध्यक्ष पूर्णप्रसाद न्यौपाने,सहसचिव चित्र कुमार वाग्ले,सदस्यहरुमा सिताराम दाहाल,प्रेमनारायण राजभण्डारी,राजकुमार कार्की,गुरु प्रसाद दाहाल र सिता विक रहनु भएको छ । समितिको पहिलो पूर्ण बैठकले प्रतिष्ठानको केन्द्रिय प्रतिनिधीमा रुद्र प्रसाद अधिकारी,प्रेमप्रसाद भटराई, राजन दाहाल,टंक बहादुर कार्की र ईन्द्र गौतमलाई चयन गरेको छ । 

नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको आयोजनामा विहिबार र शुक्रबार दुई  दिन सदरमुकाममा मुटुरोग परीक्षण तथा सामान्य उपचार शिविर सञ्चालन हुँदैछ । शिविरमा सेवा उपलब्ध गराउन प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष समेत रहनु भएका डा प्रकाशराज रेग्मीको नेतृत्वमा काठमाण्डौबाट एक विषेश टोली ओखलढुंगा आईसकेको छ ।  शिविरमा उपस्थित भएर सेवा लिन आयोजकले सबैलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द