मङ्सिर १०, बैतडी । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, बैतडी । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न न"/>
2026-09-19 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रहरी टोली फिर्ता, चितुवा मार्न सकेन

मङ्सिर १०, बैतडी । नरभक्षी
चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको
तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी
फिर्ता भएको छ ।
तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको
आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले
चितुवालाई मार्ने निर्णय गरेको थियो ।
भदौ १९ गते जिल्ला प्रशासन
कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८
को दफा ९९४० बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित
नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना
प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो ।
प्रभावित क्षेत्रमा
खटाइएको टोलीले उदयदेव गाविसका विभिन्न क्षेत्रमा खोजी गरेपनि चितुवा
नभेटिएपछि टोली फिर्ता भएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले
राससलाई जानकारी दिनुभयो ।
छ महिनाका लागि प्रहरी टोली प्रभावित
क्षेत्रमा खटाइएको भए पनि उदयदेव गाविस कार्यालयले हिउँदमा चितुवा मानव
बस्ती नपस्ने तथा नदेखिने भनेकाले टोली फिर्ता भएको जिल्ला प्रहरी कार्यालय
बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले बताउनुभयो ।
“विभागीय
नीतिअनुसार टोली फिर्ता भएको हो”, उहाँले भन्नुभयो, “तल्कालका लागि टोली
प्रभावित क्षेत्र नजाने गरी फिर्ता भयो ।” यसअघि गत महिना चितुवा देखा परेर
एक राउन्ड गोली फायरिङ गरेको भएपनि चितुवालाई नलागी भागेको समेत उहाँले
जानकारी दिनुभयो ।
दङ्गा नियन्त्रण कार्यालय कञ्चनपुरबाट आएको ३५
जनाको टोली पनि बिहीबार कञ्चनपुर फर्केको जिल्ला प्रहरी कार्यालय बैतडीले
जनाएको छ । बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको
आक्रमणवाट ज्यान गएको छ ।
यसअघि पनि चितुवाले मानव बस्ती पसेर
लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा
पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो ।
उदयदेव,
बिशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली,
रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको
आक्रमणले त्रसित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई