Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १० गते, बिहान ९:५० बजे
भक्तपुर - BKT

भक्तपुरमा ९५ कन्याको सामूहिक बेल विवाह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, भक्तपुर, । भक्तपुरमा ९५ कन्याको आज सामूहिक बेलविवाह गरिएको छ ।
भक्तपुर नगरपालिका चोफली टोलका स्थानीयवासी आशाकाजी खोंजुले आयोजना गरेको बेल विवाह कार्यक्रममा नगरभित्रका ९५ कन्याको नेवारी परम्पराअनुसार सामूहिक बेल विवाह सम्पन्न भएको हो ।
नेवारी समुदायमा बेल विवाहलाई विभिन्न कर्ममध्येको एक महत्वपूर्ण कर्म मानिन्छ । विशेषगरी रजस्वला हुनु अगाडि कन्याको बेल विवाह गर्ने प्रचलन छ ।
बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गरिन्छ । रासस