2026-09-12 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विश्व हिन्दू परिषदद्वारा सम्मान कार्यक्रम सम्पन्न

राकेश साह, मंसिर १२, वीरगंज । डलरको खेती गर्ने आईएनजीओ र केही तुच्छ मानसिकता बोकेका नेताहरुको कारण नेपाल धर्म निरपेक्ष राष्ट्र भएको ग्राम उत्थान फाउण्डेसन अफ ईन्डियाका केन्द्रिय अध्यक्ष ईन्द्रमोहन अग्रवालले आरोप लगाए। विश्व हिन्दू परिषद नेपाल पर्सा शाखाले आज वीरगंजमा आयोजना गरेको बिशेष बैठक तथा सम्मान कार्यक्रममा बोल्दै अग्रवालले आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न नेताहरुले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको बताए । अग्रावलले अहिले नेपालमा रहेका हिन्दूहरु माथी ठुलो षडयन्त्र भईरहेको बताउदै पहाडमा गाँउ का गाँउ क्रिश्यचन धर्म अपनाउन थालेका तथा देशका अन्य भागमा पनि लभ जिहादका नाममा हिन्दू धर्मका महिलाहरुलाई अन्य धर्ममा धर्मानन्तर गरिरहेको बताए । अग्रावले देशको यहि अवस्था रहयो भने २० बर्षमा नेपालबाट हिन्दू  धर्म लोप हुने सम्भावना समेत रहेको बताए  । 

विश्व हिन्दू परिषदका पर्सा अध्यक्ष पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी ग्राम उत्थान फाउण्डेसन अफ ईन्डियाका केन्द्रिय अध्यक्ष ईन्द्रमोहन अग्रवाल, विशिष्ट अतिथी बरिष्ठ समाजसेवी रक्सौल भारतका महेश अग्रवाल, विश्व हिन्दू परिषदका नेपाल प्रभारी स्नेहपाल सिंह, समाजसेवी महेश मोदी, अतिथीहरु उद्योग वाणिज्य संघ वीरगंजका पुर्व अध्यक्ष ओमप्रकास सिकारीया,

 विश्व हिन्दू परिषदका केन्द्रिय सदस्य माधवराज पाल,  जनजाती कल्याण परिषदका राष्ट्रिय अध्यक्ष रामचन्द्र सर्राफ,विश्व हिन्दु परिषद पर्साका उपाध्यक्ष भुपेन्द्र पौडेल, सचिव विनोद चौरसिया, कोषाध्यक्ष पवन वर्णवाल,सह सचिव संदिप हरलालका , नगर संयोजक दिपक सर्राफ, विश्व हिन्दू परिषदका बारा प्रतिनिधी बाबा भारती, रौतहट प्रतिनिधी शंकर साह,प्रेस सल्लाहकार राकेश कुमार साह गोंड, सदस्यहरु रामेश्वर प्रसाद गुप्ता, संजय कुमार सर्राफ,कृष्ण कुमार चौरसिया, प्रेम कुशवाहा, मुर्ली सामुदायिक सेवा केन्द्रका पुर्व अध्यष सुरेश साह कानु, हिन्दू स्वयं सेवक पर्सा जिल्ला प्रभारी रंजित साह, विश्व हिन्दू परिषदका महिला कार्यकर्ताहरु सरोज देवी, पुनम देवी, गोमा उपाध्याय लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथी ईन्द्रमोहन अग्रवाललाई प्रशंसा पत्र सहित विश्व परिषद पर्साका अध्यक्ष पं पुरुषोत्तम दुवे ,बरिषठ समाजसेवी महेश अग्रवाललाई उपाध्यक्ष भुपेन्द्र पौडेल,तथा अन्य अतिथीहरुलाई संस्थाका पदाधिकारीहरुले फुलमाला लगाई सम्मान गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव बिनोद चौरसियाले गरेका थिए भने कार्यक्रमको सहजीकरण विश्व हिन्दू परिषदका नारायणी अंचल संयोजक विनय यादवले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस