२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरमा निर्माणाधिन ढल तथा सडक निर्माणमा ढिलासुस्ती

२०७३, १४ मंसिर मंगलवार ११:०६

मङ्सिर १४, धनुषा । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत जनकपुरमा निर्माणाधिन ढल तथा सडक निर्माणमा ढिलाइ भएको छ । 

उक्त कार्यमा ढिलासुस्ती हुँदा जनकपुरवासीले चिन्ता व्यक्त गरेका छन् । करिब रु ९९ करोडको आयोजनाले सन् २०१६ फरवरीमा जेडआइसी, शर्मा जेभि कन्ट्रक्सनलाई ३२ किलोमिटर ढल तथा नौ किलो मिटर पक्की सडक निर्माणको ठेक्का दिएको थियो । ठेक्का लागेको नौ महिना वितिसक्दा समेत कामले गति पाउन सकेको छैन । 

कम्पनीले साढे चार किलोमिटर ढलको निर्माण गरेको छ । सन् २०१८ फरवरीसम्ममा काम सम्पन्न गर्ने जिम्मा ठेकेदार कम्पनीले पाएको थियो । जनकपुर उपमहानगरपालिका– ८ का सरोज मिश्र समयमा काम पूरा हुने कुनै छाँटकाँट नदेखेको बताउनुहुन्छ । 

एकीकृत सहरी विकास आयोजना जनकपुरका उपप्रमुख इन्जिनियर वीरेन्द्र यादव फरवरीमा ठेक्का लगाए पनि विभिन्न कारणले वैशाखबाट मात्र काम सुरु भएका कारण ढिलाइ भएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो