मंसिर १६, भैरहवा | पन्ध्रौ न्यू होराईजन कप रुपन्देही जिल्ला स्तरीय टि- २० क्रिकेटको उपाधी आयोजक न्यू होराईजन उच्च माबिले जितेको छ । 

बिहीबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १६, भैरहवा | पन्ध्रौ न्यू होराईजन कप रुपन्देही जिल्ला स्तरीय टि- २० क्रिकेटको उपाधी आयोजक न्यू होराईजन उच्च माबिले जितेको छ । 

बिहीबार"/>

2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देही टि–२० क्रिकेट, न्यू होराईजन उच्च माबि च्याम्पीयन


मंसिर १६, भैरहवा | पन्ध्रौ न्यू होराईजन कप रुपन्देही जिल्ला स्तरीय टि- २० क्रिकेटको उपाधी आयोजक न्यू होराईजन उच्च माबिले जितेको छ । 

बिहीबार पडसरी गाबिसको कर्मडाडा स्थित खेल मैदानमा सम्पन्न फाईनलमा दुगौ शैक्षिक माबिलाई ७ विकेटले हराउदै न्यू होराईजनले उपाधी सहीत २० हजार रुपैया राशी पुरस्कार प्राप्त गरेको छ । उप बिजेता दुर्गा शैक्षिकले १० हजार रुपैया पुरस्कार प्राप्त गरयो । 

जितका लागी दुर्गा शैक्षिक माबिबाट पाएको ६३ रनको सामान्य  योगफल लाई न्यू होराईजनले १२ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्दै  बिजेता बनेको हो । न्यू होराईजनको जितमा बिशाल भन्डारी र सन्दीप पाण्डेले आउट नभई समान १९ । १९ रन बनाए भने कुशल मल्लले १४ रनको योगदान दिएका थिए । 

दुर्गा शैक्षिकका सुनिल बस्नेतले २ र मनिश गुरुंगले एक विकेट लिएका थिए । यस अघि टस जितेर ब्याटिंग रोजेको दुर्गा शैक्षिकले ६२ रनमा सबै विकेट गुमायो । रोहित सापकोटाले  २३ बाहेक अरु कसैले दोहोरो अंकको योगफल खडा गर्न सकेनन् ।

न्यू होराईजनका लागी म्यान अफ द म्याच प्रकाश गिरीले ४, सुरज श्रेष्ठले २ तथा कुशल मल्ल, योगेश ज्ञवाली र सन्दीप पाण्डेले एक एक विकेट लिए । 

प्रतियोगितामा म्यान अफ द सिरीज  तथा उत्कृष्ट ब्याट्सम्यान न्यू होराईजनका कुशल मल्ल र बिशाल खत्री एबं उत्कृष्ट बलर  प्यारामाउन्ट उच्च माबिका उमेश पाण्डेृ घोषित भई पुरस्कृत भए ।

बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथी रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, न्यू होराईजन उच्च माबिका प्राचार्य लोकनाथ उपाध्याय, सहायक प्राचार्य बासुदेब अर्याल, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल , प्रतियोगिता संयोजक शक्ती गौचन लगायतले ट्रफी, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।  

प्रतियोगितामा रुपन्देहीका सामुदायिक तथा निजी गरी १५ बिद्यालयको सहभागिता रहेको थियो । 

तश्विरमा: बिजेता टिमका खेलाडी, अतिथी तथा आयोजक सामुहिक तस्बिरमा |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द