मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/>
2026-09-12 03:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

शीतलहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न

मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजनामा शीत-लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी नरहरि वरालको अध्यक्षा तथा स्थानीय विकास अधिकारी उमेश बस्नेतको आतिथ्यमा बैठक सम्पन्न भएको छ ।  

जाडो यामको समयमा खासगरी तराईका जिल्लाहरुमा चिसो तथा शीत लहरबाट मानिसहरुको असावधानीको कारणबाट हरेक वर्ष श्वास प्रश्वास, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केही ब्यक्तिको मृत्यु समेत हुने गरेको छ । पशु पञ्छी, अन्नबालीमा समेत प्रतिकुल प्रभाव परी धेरै मात्रामा नोक्सान हुने गरेको छ । यस वर्ष पनि जाडो यामको समय शुरु हुन लागेको छ । विगतका वर्षमा मौषमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तनबाट शीतलहर Cold Wave_ चल्न र यसबाट विशेष गरी तराईको जनजीवन तथा प्रभावित जिल्लाहरुमा अस्थायी अवास भएका परिवारहरु, अति गरीव, वृद्धवृद्धा तथा वालवालिकाहरुलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा उक्त जोखमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत र साधनको पूर्व प्रवन्ध तयार गर्न, सचेतना अभिवृद्धि गर्न एवं शीतलहरबाट प्रभावित परिवारलाई पुरयाउने उद्दार तथा राहतको कार्यलाई ब्यवस्थित र प्रभावकारी बनाउनको लागि जिल्ला दैवी प्रकोप उद्दार समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरु, विभिन्न राजनीतिक पार्टी प्रतिनिधिहरुको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको छ ।

साथै शीतलहरबाट प्रभावित परिवारहरुको उद्दार तथा राहतको लागि RDC नेपालसँग रु. १,२००,००। आपत्कालीन कोष, ५० थान कम्बल तथा ५० थान त्रिपाल र नेपाल रेडक्रस सोसाईटीसँग ५० थान कम्बल र यूनिसेफसँग वालवालिका कीट्, किशोरी कीट रहेको जानकारी RDC नेपालको विपद् जोखिम ब्यवस्थापन मानवीय पूर्वतयारी परियोजनाका कार्यक्रम संयोजक विजय साह वनियाले जानकारी दिनु भएको छ । कार्यक्रममा पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ता तथा विभिन्न सरकार, गैर सरकारी संघ संस्थाको प्रतिनिधि तथा  सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस