2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अभिमुखीकरण कार्यक्रम दोभानमा सम्पन्न

मङ्सिर १७, रुपन्देही । चुरे संरक्षण बालक्लवका अध्यक्षहरुका लागि चुरे संरक्षण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम शुक्रवार दोभानमा सम्पन्न भएको छ । 

सो कार्यक्रमका प्रमुख अतिथि झुम्सा ईलाका वन कार्यालय,दोभानका सहायक वन अधिकृत चन्द्र बहादुर भाटले विद्यार्थीलाई सानै उमेरदेखि चुरे संरक्षण बालक्लवका माध्यमबाट चुरे संरक्षण सम्बन्धी ज्ञान दिई व्यवहारमा उतार्न पहल गरेकोमा सामुदायिक वन समन्वय समिति,दोभानलाई धन्यवाद् दिए । साथै उनले विद्यालयलाई वातावरणमैत्री बनाउनका लागि विद्यार्थीले सानैदेखि वृक्षरोपण,रोपिएको विरुवालाई मलजल,गोडमेल गरी हरित् विद्यालय कार्यक्रमलाई सघाउन समेत अपील गरे । 

अभिमुखीकरण कार्यक्रममा सामुदायिक वन समन्वय समिति,दोभानका अध्यक्ष राजेश श्रेष्ठले चुरे संरक्षण बालक्वलहरुले खेल्नु पर्ने भूमिका,क्लव सञ्चालन प्रक्रिया र विद्यालयमा गठित चुरे संरक्षण बालक्लवलाई विद्यालय प्रशासनले गर्नुपर्ने सहयोगका सन्दर्भमा प्रकाश पारे । 

सोही कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमका जिल्ला संयोजक दल बहादुर गुरुङले विद्यालय तहदेखि नै चुरेका बारेमा जानकारी दिदै चुरे संरक्षणको अभियानमा हातेमालो गर्नका लागि चुरे संरक्षण बालक्लव विद्यालयमा गठन गरी सक्रियरुपमा सञ्चालन गर्नु परेको बताए । 

विद्यार्थीका माध्यमबाट चुरे संरक्षणमा टेवा पुग्ने उनको तर्क थियो ।  

सो अभिमुखीकरण कार्यक्रममा दोभान,कचल,कोल्डाँडा गाविसमा रहेका ८ वटा विद्यालयमा गठित चुरे संरक्षण बालक्mलवका अध्यक्षहरुको सार्थक सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई