2026-07-09 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा विश्व शिक्षाको कार्यक्रम र किशोरी शिक्षा सफल रहेको प्रजिअ वरालको भनाई

मंसिर १९, रौतहट । रौतहट जिल्लामा संचालिन किशोरी शिक्षा अत्यधिक प्रभावकारी सफल रहेको रौतहट प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनु भएको छ । विश्व शिक्षाको सहयोगमा ग्रामिण विकास केन्द्र, नेपालको सहकार्यक्रमा रौतहटको करिव ४२ गाविसमा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तर्गत गेट कक्षा र आमा कक्षाको आज आईतवार अवलोकन गर्ने क्रममा  प्रजिअ वरालले संचालित किशोरी र आमा कक्षाहरु सफल र प्रतिफल दिन सफल रहेको बताउनु भएको छ ।

नेपालको शैक्षिक सुचांकमा रौतहट जिल्ला ७५ औँ स्थानमा रहेकोले शैक्षिक सुचाँकमा बृद्धि संगै मानव सुचाँकको सुधार गर्ने उदेश्यका साथ विश्व शिक्षाले रौतहट जिल्ला लगायत मधेश तराईका चार ओटा जिल्ला सर्लाही, महोत्तर र धनुषामा समेत यो किशोरी शिक्षा संचालन गरिएको अनुगमनमा संलग्न रहेका विश्व शिक्षाका सहायक कार्यक्रम अधिकृत मदन रामले बताउनु भएको छ ।

जिल्लाको गाविस पिप्रा भगवानपुरका दुई किशोरी गेट कक्षा र फतुवा महेशपुरको एक ओटा गेट र एक ओटा आमा कक्षाको अवलोकन गरिएको आरडिसी नेपालका अध्यक्षा पारस हुसैनले बताएका छन । 

अवलोकन कार्यक्रममा शसस्त्र प्रहरी रौतहट एसपी, नेपाल प्रहरी डिएसपी नविन कृष्ण भण्डारी र आरडिसी नेपालका कार्यक्रम समयोजक ममताज रायँ भाटँको उपस्थित रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो