राम नारायण पंडित | मङ्सिर २०, सिरहा | सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | मङ्सिर २०, सिरहा | सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । 
2026-07-09 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जाडोमा घर भत्काइदिएपछि डोम परिवारको विचल्ली

राम नारायण पंडित | मङ्सिर २०, सिरहा | सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । 

विगत ४० वर्षदेखि वस्दै आएका डोम समुदायलाई जाडोको मौसममा स्थानीय भरतराज शर्माले घर भत्काएपछि डोम परिबार समस्यामा परेका हुन् । घर भत्काउने क्रममा उनीहरुले मरिक परिवारमाथि हातपात समेत गरेको जनाएको छ ।

घर भत्काएकाएपछि तराइका अति विपन्न समुदायका डोम परिवारका १८ जनाको परिवार खुल्ला आकाशमुनी रात विताउन बाध्य भएका छन् । संजय डोमका अनुसार भरतले २५/३० जनाको समूहमा ल्याएका अपरिचित युवाहरुले घर भत्काएको हो । प्रहरीकै अगाडी गुण्डा शौलीमम घर भत्काउँदा समेत प्रहरीले केही नगरेको उहाँहरुले गुनासो गरेका छन् । यता, भरतराज आफ्नो जमिन भएको भन्दै डोम परिवारको घर अदालतको आदेशमा भत्काएको बताएको छ । २०३५ सालदेखि बस्दै आएको डोम परिवारलाई त्यहाँबाट विस्थापीत गर्ने नियत सहित शर्माले ७/८ वर्ष अघि जमिन खरिद गरेको स्थानीयले बताएको छ । स्थानीय व्यवसायी तथा समाजसेवी कुलिया यादवले डोम परिवार बसेको देखि-देखि भरतले जमिन किनेर डोम परिवारमाथि अन्याय गरेको बताए । भरतले अदालतमा जमिन चलन गरिपाउँ भनी मुद्दा लगाएको भएपनि आफूहरुले यस वारेमा कुनै जानकारी नपाएको मरिक परिवारले बताएको छ । 


यता, इलाका प्रहरी कार्यालय मिर्चैयाले आफूहरुलाई  घटनावारे जानकारी नभएको भन्दै, पीडित परिवारलाई तत्काल बासको व्यवस्था मिलाउन पहल थालेको बताएको छ । प्रहरीको एक टोली घटनास्थलमा पुगेर  तत्काल मरिक परिवारलाई बासको लागि त्रिपालको व्यवस्था गर्न भरतराजलाई भनेको प्रहरीको भनाई रहेको छ । बाँसका सामाग्री बनाएर गुजारा चलाउँदै आएका डोम परिवारको जमिन समेत आफ्नो नाममा छैन । उनीहरु वर्षौंअघि बाँझो जमिन सफापारी बसेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो