पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटव"/>

2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा बुबाको क्रियापुत्री छोरी आफैँ बसिन्


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिएकी छन् । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिरा आफैँ बुबाको किरीयापुत्री बनेकी हुन् । आमाले ३ वर्षको हुँदा छोडेर हिँडेपछि बुबासँगै बस्दै आएकी इन्दिराले बुबाको निधन पछि आफ्नो बुबाको किरीया आफैँ गर्ने भनेपछि सहयोग गरेर उनैलाई काममा राखिएको ईन्दिराका काका कुल बहादुर कट्वालले बताउनुभयो । १८ वर्षिया ईन्दिरा परिवारकी एक्ली छोरी हुन् । 

करिब एक दशक अघि देखि उपचार गराईरहेका रामजी कटवालको उपचारकै क्रममा मंसिर १४ गते ओखलढुंगा सामुदायिक अस्पतालमा निधन भएको थियो । उपचार गराउँदा गराउँदै भएभरको सबै सम्पत्ती सकिएपछि अस्पतालले पछिल्लो समय निशुल्क उपचार गरिदिएको थियो । 

छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टिलगायतका सम्पूर्ण क्रियाकर्म आफैंले सुरु गरेको इन्दिराको भनाई छ । सानैमा छाडेर हिँडेकी आमा सम्पर्कमा नरहेको र बुबाको पनि निधन भएपछि साह्रै एक्लो महसुस भएको उनले बताउने गरेकि छन् । 

समाजमा छोराकै पछि लाग्नेहरुका लागि यो गतिलो जवाफ भएको स्थानियको केदारबाबु बस्नेतले बताउनुभयो । इन्दिराको शिक्षा,दिक्षाको व्यवस्थापन गर्नका लागि सबैले सहयोग गरेर गर्न आवश्यक रहेको उहाँको बस्नेतको भनाई छ । इन्दिराले छोरीहरु पनि छोरा सहर समाजका अभिन्न अङ्ग हुन भन्ने भएको सन्देश दिएकी छिन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई