सलिम अन्सारी | मंसिर २४, प्युठान | पुर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मद्ययपश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने  महि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी | मंसिर २४, प्युठान | पुर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मद्ययपश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने  महि"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

मध्यपश्चिमान्चल स्तरिय महिला भलिवल प्रतियोगिताको छनौट खेल सम्पन्न

२०७३, २४ मंसिर शुक्रबार १६:२०

सलिम अन्सारी | मंसिर २४, प्युठान | पुर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मद्ययपश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने  महिला भलिबल खेलाडीहरुको क्षेत्रीय छनौट प्रतियोगिता प्युठानमा सम्पन्न भएको छ ।

शुक्रबार  सम्पन्न  छनौट चरणको फाइनल खेलमा प्रथम,द्धितिय र तृतिय क्रमश दाङ, रोल्पा र जुम्ला भएका छन।  दाङले रोल्पालाइ फाइनलमा पराजित गरेको हो । आगामी पौष ८ देखि २५ गते सम्म बिराटनगरमा आयोजना हुन लागेको सातौ राष्ट्रीय खेलकुद प्रतियोगिता २०७३ मा सहभागिताका लागि मध्यपश्चिमका  १५ जिल्लाबाट १२ जना महिला भलिबल खेलाडी छनौट गरिएको आयोजक जिल्ला खेलकुद बिकास समिती प्युठानका अध्यक्ष श्याम थापाले जानकारी दिए ।

उनका अनुसार  प्युठानबाट समेत १ जना महिला खेलाडि खेलमा सहभागी हुने छिन। क्षेतृय महिला भलिबल छनौट प्रतियोगिता चार दिन सम्म सन्चालन भएको थियो। खेल अबधीभर राष्ट्रीय भलिबल खेलका पुर्ण चापागाइले मुख्य एम्पायरको भुमिका निर्बाह गरेका थिए।

जिल्लाको गणतान्त्रीक खेल मैदान बिजुवारमा  भएको  क्षेतृय स्तरको छनौट प्रतियोगिता हेर्नका लागि उल्लेख्य मात्रामा दर्शकको सहभागिता रहेको थियो । जिल्ला खेलकुद बिकास समिती प्युठानले खेलको आयोजना गरेको हो। 

बिजेता टिमलाइ पुरुस्कार सहित बिदाइ

यसै बिच क्षेतृय महिला भलिबल छनौट प्रतियोगिताका बिजेताहरुलाइ जिल्ला खेलकुद बिकास समिती प्युठानले पुरुस्कार सहित बिदाइ गरेको छ।

राष्ट्रीय खेलकुद बिकास समितीले पुरुस्कारको ब्याबस्था नगरे पनि जिल्ला स्थित समितिले खेलाडिको हौसला बढाउन पुरुस्कारको ब्याबस्था गरेको हो।उस्ले जिल्ला स्थित विभिन्न संस्थासंग समन्वय गरि पुरुस्कार उपलब्ध गराएको बताएको छ।बिजेता हुने प्रथम,द्धितिय र तृतिय समुहलाइ क्रमश १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाणपत्र र मेड्ल प्रदान गरिएको थियो।कालिका बिकास केन्द्र बिजुवारले प्रथम,प्युठान उधोग बाणिज्य संघले द्धितिय र निर्माण ब्याब्सायी संघ प्युठानले तृतिय पुरुस्कारको सौजन्य गरे ।

जिल्ला खेलकुद बिकास समिती प्युठानका अध्यक्ष श्याम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन  सद्स्य जाल बहादुर केसिले गरेका थिए। मध्यपश्चिम खेलकुद बिकास समितिका अध्यक्ष भिम ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  क्षेतृय सद्स्य रिता कोइराला सहित जिल्ला स्थित राजनितिक दल,सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका साथै खेलप्रेमिहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ