पूर्णप्रसाद न्यौपाने / मङ्सिर २६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रवेश "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रवेश "/>

2026-11-01 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनपक्षीय प्रशासक एकदेव अधिकारीको सरुवा,ओखलढुंगाबाट भव्य विदाई


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रवेश गरेसँगै जनपक्षीय प्रशासकको भूमिका निर्वाह गर्दै आउनुभएका प्रजिअ अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको हो । नौ महिना अघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर ओखलढुंगा प्रवेश गर्नुभएका अधिकारीले जिल्लामा निकै सकृयताका साथ जनपक्षीय प्रशासकको भूमिकामा रहेर काम गर्नुभएको थियो । जनताको काममा सहज र सरलढंगले यथा सक्य चाँडो गर्ने प्रजिअका रुपमा परिचीत अधिकारी जिल्लाका भूकम्प पीडितहरुको पीडामा मल्हम लगाउन निकै सकृय हुनुभयो । सरुवा भईसके पछिका दिनहरुमा पनि प्रजिअ अधिकारी जिल्लाको विकास र रुपान्तरण सँगै भूकम्प पीडितका पिडालाई कमगर्ने विषयमा छलफल र निर्णय गर्नमै व्यस्त देखिनु भएको थियो ।

जिल्लाका सबै सरोकारवाला र सर्वसाधारण तथा कर्मचारीहरु माझ लोकप्रीय बन्नु भएका प्रजिअ अधिकारीकै बढि सकृयतामा भूकम्प प्रभावित १४ जिल्ला मध्ये ओखलढुंगामा अनुदान तथा राहत वितरणको काम पनि सबैभन्दा छिटो र सहज रुपमा अघि बढिरहेको छ । अन्य धेरै नयाँ र उपलब्धी मुलक कामको सुरुवात र संस्थागत गर्नेकाम उहाँको पालामा भएका छन् । सरकारी कार्यालयहरुमा विचौलीया अन्त्य, दुव्यवहार र अनियममीतता निर्मूल पार्न प्रजिअ अधिकारी जिल्लामा खुब लागि पर्नुभएको थियो । भने सार्वजनिक निकायलाई जिम्मेवार बनाउन पनि उहाँले खेलेको भूमिको सबैले प्रशंसा गरिरहेका छन् । 

प्रजिअ अधिकारीकै कार्यकालमा खिजिफलाटेमा ईलाका प्रशासन स्थापना भयो, नागरिससँग सरोकार राख्ने सबैकामहरु दिनरात नभनि गर्ने अधिकारीको मोलुङ हाईड्रोमा उत्पन्न विवाद समाधानमा पनि विषेश भूमिका देखिएको थियो । जिल्लामा वर्षौ अघि देखि ठप्प रहेका विकास निर्माणका कामहरु उहाँका पालामा सुरु भएका छन् । आईपरेका चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ भन्दै समस्यालाई सहजरुपमा लिने प्रजिअ अधिकारीबाट ओखलढुंगाले केहि सिक्नु पर्ने कांग्रेस नेता रुद्र प्रसाद अधिकारीको भनाई छ । सरुवा भएपछि  पनि उहाँका गुनगान गाउनेहरु प्रशस्तै भेटिएका छन् ।

प्रजिअ बनेर आउनेहरुले जनताको पक्षमा कामगर्न ढिलाई गर्ने एक पक्षीय काम गर्ने जनतासँग प्रत्यक्ष कम सरोकार राख्ने जस्ता प्रशासकको अनुभव गरेको भएता पनि अधिकारीको कार्याकालमा त्यो अवस्था भोग्नु नपरेको कतिपयको भनाई छ । अधिकारीले पूर्णप्रेस स्वतन्त्रताका पक्षमा रहेर जिल्लाका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई पनि नजिकैबाट सहयोग गर्नुभएको थियो ।

प्रजिअ अधिकारीलाई कर्मचारी मिलन केन्द्र,भिजन नेपाल साप्ताहिक, ओखलढुंगा उद्योग वाणिज्य संघ लगाएतले भव्य विदाई गरेका छन् । असल  र सकृय प्रशासक अधिकारीको सरुवाले ओखलढुंगाका धेरैजसो नागरिक र सरोकारवालाहरु दुःखी भएका छन् । ओखलढुंगामा अब फणिन्द्र दाहाल प्रमुख जिल्ला अधिकारी आउनुहुने जनाईएको छ ।

सरुवा पछि सँधै ओखलढुंगाको विकासका पक्षमा रहेको प्रतिवद्धता सहित कार्यकालमा सहयोग गर्ने सबैलाई प्रजिअ अधिकारीले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द