2026-09-01 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

९२ वर्षिया बृद्धाले नागरिकता पाईन्

प्रेम सुनार, मंसिर २७, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीबाट यहाँकी एक बृद्धाले ९६ वर्षको उमेरमा सोमवार नागरिकता पाएकी छिन् । आँपचौर गाविस वडा नम्वर ७ की धनकला अर्यालले त्यो उमेरमा नागरिकता पाएकी हुन् । 

  विक्रम सम्वत १९८६ साल मंसिर २१ गते  जन्म  मितिमा उनले रुपाकोट ९  स्वर्गिय भुवानन्द भण्डारीकी छोरी र आँपचौर ७ का स्वर्गिय चन्द्रमणी अर्यालकी श्रमति नाताबाट नागरिकता प्राप्त गरेकी हुन् ।

   नागरिकतामा उक्त प्रशासनका प्रशासकिय अधिकृत रामचन्द्र पन्थीले हस्ताक्षर गरेका छन् भने अहिले सम्मकै  सवै भन्दा जेष्ठ नागरिकले  नागरिकता पाएकोमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाले  स–सम्मान प्रणाम गर्दै नागरिकता हस्तान्तरण गरेका थिए । बृद्ध उभिन नसक्ने भए पछि छोरा चेतन अर्याल र उनकी नातेदार महिलाले बुईमा बोकेर प्रशासनमा ल्याएका थिए ।

   उनलाई प्र.जि..अ. ढुङ्गनाले सोफामा बसाले र आफु थुपुक्क भुईमा बसेर  नागरिकता हस्तान्तरण गरेका थिए । नागरिकता दिएकोमा ति बृद्धले  ढुङ्गनालाई दुई हात जोडेर मनले चिताएको पुगोस् तिमीहरु सवैलाई राम्रो होस् भन्दै आर्शिवाद थिएकी थिईन् । हरवखत भजन कितर्न जप्दै  दुई हात जोड्दै र शिर निहुराउँदै ईश्वरको शरण  पर्ने उनले त्यो ९६ वर्षको उमेरमा पहिलो पटक सदरमुकाम तम्घास देखाउन ल्याएकोमा  छोराले आफुलाई ज्यँुदै स्वर्गमा पुराएको भन्दै आर्शिवाद  दिदै भनिन्–‘ मेरो छोरा अझै फुलोस् फलोस्। ’

  ‘यस्तो राम्रो ठाउँ, यति ठुला घरहरु देख्न पाउँदा म  त ज्यँुदै स्वर्गमा पुगे भन्दै केहि वेर हाँसेकी उनि केहि वेर पछि खुशीका आँशु पनि बगाईन् । छोरा चेतन उनि पट्टीका छोरा होईनन् । जेठी पट्टीका हुन् । १४ वर्षको उमेरमा विवाह भएकी उनकी एउटी मात्र छोरी थिईन् । अर्की पट्टीको छोरा भए पनि आफुलाई माया र सेवा गर्नमा कत्ति कशुर छोराले बाँकी नराखेको उनले बताईन् ।

    १५/ १६ वर्ष अघि नै छोराले चौरासी पुजा गरी दिएको र दान दक्षिणा , तिर्थ व्रतमा  छोराले कत्ति कमी नगरी दिएको उनले बताईन् ।  आमा , छोराले कुनै कमी गरी दिएको भए भन्नुस् भनेर प्र.जि.अ. ढुङ्गनाले सोध्धा यहँ, केहि कमी गराएका छैनन् सव पुराई दिएका छन्  भनिन् ।

   आफु जापानमा बसे पनि चेतनले मेरो स्याहर सुसार गर्ने मान्छे समेत राखी दिएका छन्  भनेर भनिन् । एक मात्र छोरा चेतन गत १० वर्ष देखि जापानमा कार्यरत छन् ।  त्यो उमेरकी बृद्धा आमालाई नागरिकता दिन पाएकोमा प्र.जि.अ. ढुङ्गनाले गर्भ लागेको बताए । उनले  यसबाट पनि  नागरिकताको महत्व कति रहेछ भन्ने कुरा प्रष्ट भएको  बताए । 

   अहिले सम्मको ठम्याईमा यति बढि उमेरको नागरिकलाई  नागरिकता गुल्मी जिल्ला प्रशासनले दिलाएको खासै  थाह नपाएको सम्भवत उनै ९२ वर्षिया अर्याल नै पहिलो भएको  लामो समय देखि त्यसै प्रशासनमा बसेका र जिल्लाकै वासीन्दा समेत भएका प्रशासकिय अधिकृत रामचन्द्र पन्थीको भनाई थियो ।

   प्र.जि.अ. ढुङ्गनाले आमा दुध पिएर जानुस् है भनेर आग्रह गर्दा पर्दैन भयो वावु नागरिकता दियौं पाथी भात खाए जस्तै भयो भनेर फेरी शिर झुकाउँदै दुइ हात जोडेर ढुङ्गनालाई आर्शिवाद् दिईन् ।

   आँखाले ढम्याउन नसकेर नागरिकता दिलाउने  ढुङ्गना  पन्थीलाई भने नचिनेको तर टोपी  भने ठहराएको उनले बताईन् ।  वसेरै भए पनि एक छिन भजन किर्त आफै गाउँदै उनि प्र.जि.अ.को कार्यकक्षमा नाचेर छोरा र उनकी सालीको बुई छड्दै उनि घर तिर लागिन् ।   तस्वीरः आफु भुँईमा बसेर सोफा बृद्धालाई राख्दै गुल्मीका प्र.जि.अ. ढुङ्गना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली