2026-10-28 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

९२ वर्षिया बृद्धाले नागरिकता पाईन्

प्रेम सुनार, मंसिर २७, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीबाट यहाँकी एक बृद्धाले ९६ वर्षको उमेरमा सोमवार नागरिकता पाएकी छिन् । आँपचौर गाविस वडा नम्वर ७ की धनकला अर्यालले त्यो उमेरमा नागरिकता पाएकी हुन् । 

  विक्रम सम्वत १९८६ साल मंसिर २१ गते  जन्म  मितिमा उनले रुपाकोट ९  स्वर्गिय भुवानन्द भण्डारीकी छोरी र आँपचौर ७ का स्वर्गिय चन्द्रमणी अर्यालकी श्रमति नाताबाट नागरिकता प्राप्त गरेकी हुन् ।

   नागरिकतामा उक्त प्रशासनका प्रशासकिय अधिकृत रामचन्द्र पन्थीले हस्ताक्षर गरेका छन् भने अहिले सम्मकै  सवै भन्दा जेष्ठ नागरिकले  नागरिकता पाएकोमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाले  स–सम्मान प्रणाम गर्दै नागरिकता हस्तान्तरण गरेका थिए । बृद्ध उभिन नसक्ने भए पछि छोरा चेतन अर्याल र उनकी नातेदार महिलाले बुईमा बोकेर प्रशासनमा ल्याएका थिए ।

   उनलाई प्र.जि..अ. ढुङ्गनाले सोफामा बसाले र आफु थुपुक्क भुईमा बसेर  नागरिकता हस्तान्तरण गरेका थिए । नागरिकता दिएकोमा ति बृद्धले  ढुङ्गनालाई दुई हात जोडेर मनले चिताएको पुगोस् तिमीहरु सवैलाई राम्रो होस् भन्दै आर्शिवाद थिएकी थिईन् । हरवखत भजन कितर्न जप्दै  दुई हात जोड्दै र शिर निहुराउँदै ईश्वरको शरण  पर्ने उनले त्यो ९६ वर्षको उमेरमा पहिलो पटक सदरमुकाम तम्घास देखाउन ल्याएकोमा  छोराले आफुलाई ज्यँुदै स्वर्गमा पुराएको भन्दै आर्शिवाद  दिदै भनिन्–‘ मेरो छोरा अझै फुलोस् फलोस्। ’

  ‘यस्तो राम्रो ठाउँ, यति ठुला घरहरु देख्न पाउँदा म  त ज्यँुदै स्वर्गमा पुगे भन्दै केहि वेर हाँसेकी उनि केहि वेर पछि खुशीका आँशु पनि बगाईन् । छोरा चेतन उनि पट्टीका छोरा होईनन् । जेठी पट्टीका हुन् । १४ वर्षको उमेरमा विवाह भएकी उनकी एउटी मात्र छोरी थिईन् । अर्की पट्टीको छोरा भए पनि आफुलाई माया र सेवा गर्नमा कत्ति कशुर छोराले बाँकी नराखेको उनले बताईन् ।

    १५/ १६ वर्ष अघि नै छोराले चौरासी पुजा गरी दिएको र दान दक्षिणा , तिर्थ व्रतमा  छोराले कत्ति कमी नगरी दिएको उनले बताईन् ।  आमा , छोराले कुनै कमी गरी दिएको भए भन्नुस् भनेर प्र.जि.अ. ढुङ्गनाले सोध्धा यहँ, केहि कमी गराएका छैनन् सव पुराई दिएका छन्  भनिन् ।

   आफु जापानमा बसे पनि चेतनले मेरो स्याहर सुसार गर्ने मान्छे समेत राखी दिएका छन्  भनेर भनिन् । एक मात्र छोरा चेतन गत १० वर्ष देखि जापानमा कार्यरत छन् ।  त्यो उमेरकी बृद्धा आमालाई नागरिकता दिन पाएकोमा प्र.जि.अ. ढुङ्गनाले गर्भ लागेको बताए । उनले  यसबाट पनि  नागरिकताको महत्व कति रहेछ भन्ने कुरा प्रष्ट भएको  बताए । 

   अहिले सम्मको ठम्याईमा यति बढि उमेरको नागरिकलाई  नागरिकता गुल्मी जिल्ला प्रशासनले दिलाएको खासै  थाह नपाएको सम्भवत उनै ९२ वर्षिया अर्याल नै पहिलो भएको  लामो समय देखि त्यसै प्रशासनमा बसेका र जिल्लाकै वासीन्दा समेत भएका प्रशासकिय अधिकृत रामचन्द्र पन्थीको भनाई थियो ।

   प्र.जि.अ. ढुङ्गनाले आमा दुध पिएर जानुस् है भनेर आग्रह गर्दा पर्दैन भयो वावु नागरिकता दियौं पाथी भात खाए जस्तै भयो भनेर फेरी शिर झुकाउँदै दुइ हात जोडेर ढुङ्गनालाई आर्शिवाद् दिईन् ।

   आँखाले ढम्याउन नसकेर नागरिकता दिलाउने  ढुङ्गना  पन्थीलाई भने नचिनेको तर टोपी  भने ठहराएको उनले बताईन् ।  वसेरै भए पनि एक छिन भजन किर्त आफै गाउँदै उनि प्र.जि.अ.को कार्यकक्षमा नाचेर छोरा र उनकी सालीको बुई छड्दै उनि घर तिर लागिन् ।   तस्वीरः आफु भुँईमा बसेर सोफा बृद्धालाई राख्दै गुल्मीका प्र.जि.अ. ढुङ्गना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला