२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीकी सुनैनाले जितिन् अमेरिकामा उपाधि

२०७३, २८ मंसिर मंगलवार ०४:५४

धनवीर महतो, मंसिर २८, महोत्तरी । वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीकी सुनैना ठाकुर एक उदाहरणीय पात्र बनेकी छिन् । 

उनले मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएपछि मधेसी महिलाका लागि एक उदाहरणीय नामका रुपमा परिचित भएकी हुन् । 

जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैना ठाकुर मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका लागि उनलाई सहज भने थिएन । उनी वर्षौंसम्म सङ्घर्ष गरेर आफ्नो कलालाई विश्व बजारमा प्रदर्शन गरेर यो सम्मानको हकदार बनेकी हुन् । दृढ अठोट र निरन्तरको लगनशीलताको कारणले मिथिला चित्रकलाको व्यवसायीकरणको माध्यमबाट सानो गाउँबाट अमेरिकासम्मको यात्रा गर्न आफू सफल भएको सुनैनाले प्रतिक्रिया दिइन् । 

ठाकुरले भनिन्, “परिवार र साथीभाइको सहयोग र आफ्नो लगनले गाउँको मात्रै होइन देशकै नाम चिनाउन आफू सफल भएकी हुँ । यसमा आफूलाई गर्व छ ।” मिथिला चित्रकलालाई व्यावसायीकरण गर्नुका साथसाथै यस क्षेत्रका महिलालाई पनि यस क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिएको कारणले सुनैनालाई केही दिनअगाडि न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अर्वाड्स द फेस अफ पिस’ बाट सम्मानित गरेका हुन् । 

सर्लाहीको श्रीनगर–५ मा माइती रहेकी सुनैनाले बच्चैदेखि आमाले बनाउने गरेको पेन्टिङ देखेर हुर्केकीले आफूले सोही अनुसार नै चित्र बनाउने कार्यलाई निरन्तरता दिँदै आएकी उनले पत्रकारसमक्ष बताइन् । आफूले सानैदेखि अरूको पर्खालमा चित्रहरु बनाउँदा कतिपयको खप्की र परिवारको गाली खानु परेको स्मरण गर्दै उनले भनिन्–“अन्ततः आफूले सोही चित्रको माध्यमले अन्तर्राष्ट्रियस्तरमा अवार्ड हासिल गर्न सफल भएकी हुँ ।” आफूले आफूभित्र रहेको कलालाई जीवन्त राख्नका लागि घरकै पर्दा, बेडसिट, तन्ना लगायतमा चित्र कोर्ने गर्दै आएको सुनैनाले बताइन् । 

गाउँकै विद्यालयमा कक्षा ८ मा पढिरहेको बेला चित्रकला प्रतियोगितामा प्रथम भएपछि आफूले भविष्यमा यसलाई नै व्यवसायीकरण गर्ने सोच बनाए पनि विवाहको केही वर्षसम्म यसमा अवरोध सृजना भएको बताइन् । एक दशकअगाडि जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह भएपछि मैथिल समुदायमा नवविवाहिता बुहारीलाई घर बाहिर निस्कनु र काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्दा उनलाई कला देखाउन निकै नै गाह्रो भएको उनले सुनाइन् । सानैदेखिको लगाव र सन् २००८ मा सर्च फर कमन ग्राउन्डले दिएको अवसरको उपयोग गर्दै सुनैना अहिले यहाँसम्म आउन सफल भएकी छिन् । उनलाई यहाँसम्म आउनका लागि सर्चकै मीना शर्मा, श्रीमान, घरपरिवार र साथीभाइको भरपुर सहयोग प्राप्त भएको थियो । सर्चसँग सम्बन्ध गाँसिएपछि उनले चित्रकलाको व्यवसायीकरण र महिलालाई तालिम दिनका लागि विसं २०६६ मा महिला क्षमता विकास केन्द्र दर्ता गराइन् र मिथिला पेन्टिङ गर्ने कार्यलाई अघि बढाउँदै लगिन् । 

घुम्टो ओढेर मात्रै मधेसका महिला बस्छन् भन्ने सोच्नु गलत रहेको बताउँदै सुनैनाले भनिन्, “अवसर पाउने हो भने मधेसका महिला पनि सक्षम छन् ।” 

आफू महिलाको क्षमता विस्तार र व्यवसायीकरणका लागि काम गर्ने बताउँदै यसमा सबैको सहयोग उत्तिकै जरुरी रहेको समेत बताइन् । सुगाका महिलाले बनाएका चित्र राजधानी काठमाडौँका अतिरिक्त अमेरिका, युरोप, अस्ट्रेलिया लगायत देशमा समेत पुगिसकेका छन् । निरन्तरको प्रयास र अगुवाइलाई सलाम गर्दै युएनडिपीले पनि यसअघि सन् २०१२ मा उनलाई शान्ति सेवा अवार्ड पत्र प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला