मङ्सिर २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ । 

विद्यालय क्षेत्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ । 

विद्यालय क्षेत्रम"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयमै जलाइन्छ लास, पठनपाठनमा समस्या

२०७३, २९ मंसिर बुधबार ०९:१०

मङ्सिर २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ । 

विद्यालय क्षेत्रमा शव जलाउने कार्यले विद्यार्थीलाई प्रदूषण मात्र होइन, उनीहरुको मानसिकतामा समेत प्रतिकुल असर परेको अभिभावकको गुनासो छ । हेलम्बु्–६ मेलम्ची घ्याङस्थित मेलम्चीघ्याङ माध्यामिक विद्यालयले हरेक वर्ष राम्रो नतिजा ल्याउने गरेको छ । 

सो क्षेत्रमा मेलम्ची घ्याङ गुठीले विद्यालय बनाउन जग्गा दिएपछि २७ वर्षअघि विद्यालय स्थापना गरिएको विद्यालयका प्रध्यानाध्यापक पूर्णप्रसाद गौतमले बताउनुभयो । गौतमका अनुसार विद्यालय स्थापना गर्न जग्गा अभावको कारण गुठीले दिएको जग्गामा विद्यालय निर्माण गरिएको र सोही स्थानमा शेर्पा समुदायले शव जलाउने गर्दा पठनपाठनमा समस्या भएको बताउनुभयो । 

मेलम्ची घ्याङवासीले मेलम्चीघ्याङ गुठी गुम्बा चिनियाँ लामाको अधिकारमा रहने भएकाले गुठीसँगै बनेको चिहान आफूहरुले विद्यालय परिसरबाट हटाउन नसकेको स्थानीय तेञ्जेन लामाले बताउनुभयो । चिनियाँ लामाको अधिकारमा रहेको जग्गाको कारण उनीहरुले विद्यालयबाट चिहान समेत हटाउन नमानेको स्थानीयवासीको गुनासो छ । 

यसअघि पनि जिल्ला शिक्षा अधिकारीले पटकपटक उक्त गुठीमा अधिकार जमाउने बौद्धका चिनियाँ लामा रहेको र लामासँग विद्यालय परिसरमा शव नजलाउन आग्रह गर्दा समेत नमानेको गुनासो व्यक्त गर्नुभयो । 

विद्यालयको अगाडि शव जनाउने गरेकाले पठनपाठनमा समस्या हँुदै आएको विद्यार्थी बताउँछन् । कक्षा सञ्चालन हँदा शवको दुर्गन्धले पढाउन समेत नसक्ने शिक्षकको गुनासो छ । 

विद्यालयको अन्यन्त्र जग्गा नभएकाले सोही स्थानमा विद्यालय निर्माण गरेको र शव जलाउने स्थान अन्यन्त्र सार्नुपर्ने स्थानीयवासी र विद्यालयको माग रहेको छ । रासस  

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता