2026-11-02 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल टुडेको वार्षिकोत्सवमा रक्तदान

मंसिर २९, बुटवल । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवल टुडे दैनिकको वार्षिकोत्सव कार्यक्रम अन्तरगत बुधबार वृहत रक्तदान सम्पन्न भएको छ । यस क्षेत्रमा रंगिन कलेभरमा लामो समयदेखि खोजमुलक समाचारका साथै मनोरञ्जनको खुराक पस्कदै आएको बुटवलटुडे दैनिकले वार्षिकोत्सवको कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो । 

कार्यक्रमको उद्घाटन गर्दै रक्त संचार केन्द्र बुटवलका कार्यवाहक अध्यक्ष बिमल बहादुर शाक्यले रगतको महत्वबारे प्रकाश पारेका थिए । सुचना सन्देशका संवाहकका रुपमा रहेको संचारकर्मीहरुको सानो सहयोगले ठुलो महत्व रहने भन्दै उनले रक्तदानको महत्वलाई अझै आम नागरिक समक्ष पु¥याउन जरुरी रहेको बताए । 

सरकारले छिट्टै नया नीति ल्याउने तरखरमा रहेको समेत उनले बताए । आम नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने सोचका साथ काम अघि बढेको समेत उनले बताए । देशको कुल जनसंख्याको दुई प्रतिशतले रक्तदान गरेको खण्डमा पनि आवश्यक रगत पुग्ने भन्दै उनले यसका लागि जनचेतना जगाउनु नै महत्वपुर्ण रहेको बताए । रुपन्देहीमा हाल बार्षिक १३ हजार युनिट रगतको खपत देखिएको भन्दै स्थानिय संघसंस्था र स्वयंसेवी दाताहरुले गर्दा लक्ष्य अनुरुप काम भैरहेको बताए । 

कार्यक्रममा पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेलले संघसंस्थाहरुको वार्षिकोत्सवमा गरिने रक्तदानको परम्पराले पनि अहिलेको धेरै मागलाई सम्बोधन भएको बताए । कार्यक्रममा प्रबन्ध निर्देशक, प्रबन्ध सम्पादक नवराज कुवँर, सम्पादक कृष्ण मल्लले संचार क्षेत्रबाट पनि रक्तदानका विषयमा खोजमुलक समाचार बनाउने र रक्तदाताहरुलाई प्रोत्साहन गर्नुको साथै आफै पनि सक्रिय भएर रक्तदान गर्ने संचारकर्मीहरु बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । 

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रमा गरिएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले बताए । कार्यक्रममा संचारकर्मीहरुका साथै स्थानिय युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रक्तदान गरेर सहयोग गर्ने रक्तदाताहरुलाई पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेलले प्रमाणपत्रबाट सम्मानित गरेका थिए । यसैगरि कार्यक्रममा सहयोग गरेको सिद्धार्थ डेरी उद्योगका खिम प्रसाद भट्टराई (कृष्ण) लाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।  

रक्तदान कार्यक्रममा सरोज थापा, नबिन गुरुङ्ग, रबिन्द्र तामाङ्ग, युवराज पराजुली, मनोज थापा, थानेश्वर न्यौपाने, दीपा अधिकारी, माया केसी, उषाकिरण पन्थ, सञ्जय विश्वकर्मा, बाबुराम खनाल, डायलसन अधिकारी, दौपदी थापा, लक्ष्मण पोखरेल, दुर्गा आले, झवि बहादुर सिजाली, राम बहादुर अधिकारी, विष्णु प्रसाद अर्याल, मिना ढकाल, शंकर खड्का, गोपाल पाण्डे, सुर्य पराजुली, उत्तम पोखरेल, सन्देश खत्री, स्वस्तिक श्रेष्ठ, रंजित भुषाललगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द