2026-09-19 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

परियारको हत्याको विरोधमा एक दर्जन संस्थाहरुद्वारा घोर भत्र्सना

अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) । काभ्रे सानो गा.वि.स. गौथली वडा न. ७ की ३३ बर्षीय लक्ष्मी परियारलाई गत मंसिर २१ गतेका दिन केही स्थानियहरुको संलग्नतामा भएको हत्याको उदयपुरका अधिकारकर्मी र संस्थाहरुले घोर विरोध गरेको छ ।

 आईतबार उदयपुरका एक दर्जन संघ संस्था र संजालहरुले हत्याको विरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेकाछन् । जारी विज्ञप्तीमा परियारको हत्यामा संलग्न भनिएको स्थानीय शिक्षक हिरा लामा , निजकी आमा ,साहिला तामाङ , लगाएतका ब्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुन अनुसार दण्डीत गर्न समेत सम्बन्धीत पक्षलाई आग्रह गरिएको छ ।

दलित अधिकार संजाल उदयपुर, लोकतान्त्रिक गैसस महासंघ उदयपुर, मासबेस उदयपुर, सूचनाको हकका लागी नागरिक संजाल उदयपुर, जाल्पा एकिकृत बिकास समाज, सम्रग बिकास केन्द् उदयपुर, प्रेस सेन्टर नेपाल, समाजिक उत्थान केन्द् नेपाल, मानब अधिकार तथा समाािजक रपान्तरण अभियान, राष्टिय मानब शधिकार प्रतिष्ठान र दलित नेटवर्क उदयपुर सहितका एक दर्जन संस्थाहरुले घट्नाको घोर विरोध गर्दै संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

विज्ञप्तीमा आजकोे एक्काईसौं शताब्दीको युगमा र नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अगाडी बढीरहेको अवस्थामा सवैको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने अवस्थामा समेत पनि एउटा बोक्सी जस्तो अत्यन्त घृणित आरोप लगाई दिनदहाडै शरिरीक यातना दिई अमानविय तरिकाले मलमुत्र खुवाएर अन्यायपुर्ण तरिका बाट हत्या गर्ने हत्यारा अथवा पीडकलाई आवश्यक अनुसन्धान गरि कानुन अनुसार हदै सम्मको कारबाहि र पिडीतलाई न्याय दिन सम्बधित सम्पूर्ण सरोकार वालाहरुमा जोडदार माग गर्दछौं उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई