अजयकुमार साह | पुस ३, उदयपुर | ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | पुस ३, उदयपुर | ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम"/>
2026-07-10 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा दुई प्रतिभाहरु खान र कार्की सम्मानीत

अजयकुमार साह | पुस ३, उदयपुर | ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम्मानीत मानवअधिकारकर्मी नजबुल खान “निलम” लाई एक समारोहकाबीच आईतबार उदयपुरमा पनि सम्मान गरिएको छ ।

शान्ता लक्ष्मी श्रेष्ठ महिला मानवअधिकार सम्मान पुरस्कार २०७३ बाट राजधानीमा मंसीर २४ गते सम्मानीत भएकी उदयपुरे महिला मावअधिकारकर्मी खानलाई मानवअधिकारको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएवापत पुरस्कृत भएर जिल्लाको नाम उच्च पारेको भन्दै उदयपुरे अधिकारकर्मीहरुले सम्मान गरेका हुन् ।

उनलाई प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, प्रहरी नायव उपरिक्षक ओमबहादुर राना, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, लोकतान्त्रिक गैसस महासंघ, सूचनाको हकका लागी नागरिक संजाल, मधेशी समाज उदयपुर, टोल विकास संस्था समन्वय समिति र काहुराष्टका प्रमुख तथा प्रतिनिधि लगायत उपस्थित अधिकारकर्मी, पत्रकारहरुले अबीर र खादा लगाई सम्मान गरेका थिए ।

सहभागिहरुले खानलाई यस अघि पनि अन्त्तराष्ट्रिय पुरस्कार पाईसकेको सम्झना गर्दै अझ बढी क्रियाशिल भई सामाजिक रुपान्तरणका लागी निरन्तर लागी रहन शुभकामना समेत दिएकाछन् ।

सामाजिक रुपले पछाडि पारिएका मुस्लिम समुदायभित्र हुने बुर्का प्रथालाई चिरेर टेम्पो ड्राईभर देखी स्थानिय समाजिक संस्थाको अध्यक्ष भई महिला अधिकारको पक्षमा अहोरात्र खटिरहेकी खानलाई यस पुरस्कारले एक विद्रोही छोरीको रुपमा समेत चिनाएको छ । खानले यो सम्मानले आफुलाई अझ बढी हौसला र आँट प्रदान गरेको र प्रेरणा समेत मिलेको बताउनुभयो ।

सोही कार्यक्रममा उदयपुरका युवा प्रतिभा चित्रकुमार कार्की पनि सम्मानीत भएकाछन । शाहसी युवा प्रतिभाको रुपमा नेपाल जेसीसद्वारा काठमाडौंमा सम्मानित उल्टो मोटरसाईकल यात्री कार्कीलाई पुरस्कृत समेत गरेको थियो । उनले नेपालको पूर्व पश्चिमदेखि छिमेकी मुलुक भारतसम्म उल्टो मोटरसाईकल यात्रा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो