अभिमनु कुमार पटेल | पुस ४, रौतहट । दाईजो प्रथा बन्द अभियान रौतहटले आज एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई ५० हजार जरिवाना गरि समाजि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु कुमार पटेल | पुस ४, रौतहट । दाईजो प्रथा बन्द अभियान रौतहटले आज एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई ५० हजार जरिवाना गरि समाजि"/>
2026-07-10 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

दाईजो लिएर विवाह गराउनेलाई समाजिक कारवाही गरि ५० हजार जरिवाना

अभिमनु कुमार पटेल | पुस ४, रौतहट । दाईजो प्रथा बन्द अभियान रौतहटले आज एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई ५० हजार जरिवाना गरि समाजिक कारवाही समेत गरेका छन ।

गा.वि.स कन्कपुर वार्ड नं ६ जंगलसहिया टोलका शेख ओकिलको १६ वर्षीय छोरी बचिया खातुन सँग गा.वि.स राजपुर फरहदावा वार्ड नं ५ का शेख जाकिरले आफनो २२ वर्षीय छोरा  शेख सकिलको विवाह गर्नका लागि २ लाख ५० हजार दाईजो लिएर आज विवाह गराउन जयन्ती लिई बिहानै कनकपुर जादा दाईजो लिएको कुरा समितिका सदस्य शेख दाउद लगायत अन्य लाई जानकारी हुँदा ठाउँमा पुगेर जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई विवाह रोकेको थियो ।

विवाह रोके पछि जिल्लाबाट प्रहरी गई समाजले रोक लगाएका कुरा नमानेको कारणले छोरा पक्ष , छोरी पक्ष र मौगलाना माथि कारवाही गरि दाईजो लिएको रकम फिर्ता गराई बिना दाईजोको त्यही जयन्ती लिएर गएको केटो सँग विहे गराएको छ ।

समाजमा दाईजो प्रथाले गर्दा महिला माथि दिन प्रति दिन बढदै गई रहेको घट्ना लाई नियुनिकरण गर्नको लागि दाईजो प्रथा मुक्त समाज बनाउने उदेश्यका साथ केही दिन अघि रौतहटमा मुस्लिम समाजका शिक्षित जिल्ला अगुवाहरुले प्रमुख जिल्ला अधिकारी , प्रमुख जिल्ला प्रहरी , र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुका बैठक बसाई मुस्लिम समाजमा अब हुने विवाह गरिब वा धनिक कुनै परिवारमा बिना दाईजाको विवाह गरिने दाईजो दिने छोरी पक्ष वा लिने छोरा र विवाह गराउने मौगलाना समेत लाई कारवाही गरि जरिवान गरिने भन्नेर निर्णय दाईजो प्रथा बन्द अभियान समिति गठन गरेको थिए । यो घटना बारे दाईजो प्रथा बन्द अभियान रौतहटका जिल्ला सदस्य एवं समाजसेवी जमिल अख्तरले जानकार दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो