2026-07-10 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सिक्स लेन सडकका विरुवा‘जोगाउन हम्मे हम्मे’

2016-12-20

कृष्ण खनाल/पुस ५, बुटवल । केही दिन पहिला बुटवल–वेलहिया व्यापारिक मार्ग अन्र्तगत भैरहवाको डिभाईडरमा रोपीएका करिव ३० वटा विरुवा मानसिक सन्तुलन गुमाएका एक जना व्याक्तिले भटाभट भाँचे । 

लामो समय देखि रेखदेख गरी  हुर्किनै लागेका ति विरुवा भटाभट भाँचेको देखेपछि व्यापारिक मार्ग विस्तार आयोजनाका सुपरभाईजर कृष्ण प्रसाद पाण्डेले देखेपछि ति व्याक्तिलाई हप्काएर हटाए अन्यक्षतीहुन पाएन । 

यो एउटा उदाहरण मात्र हो, अहिले निर्माण सम्पन्न भएको करिव ८ किलोमिटर  सडक क्षेत्रका विभिन्न स्थानमा विरुवा रोपीएको छ । तर ति अधिकांस विरुवा जोगाउनको लागि व्यापारिक मार्ग विस्तार  आयोजना र सडक डिभिजन कार्यालय बुटवल लाई मुस्कील परेको छ । 

बुटवल–बेलहिया  व्यापारिक मार्ग विस्तार आयोजनका ईन्जीनियर लिला बहादुर भण्डारी भन्छन्–‘कहिले कस्ले क्षती पु¥याउछ, कहिले कस्ले, जोगाउन हम्मे हम्मे परेको छ ।’ निर्माण सम्पन्न भएको सडकको विभिन्न स्थानमा भिन्दा भिन्दै संघ संस्थाले ‘स्थान माग गरी’ विरुवा रोप्ने गरेको भएपनि रोपे पछी ‘फर्केर नर्हेने’ परिपाटीको कारण विरुवा संरक्षणमा अफ्ठारो भएको व्यापारिक मार्ग विस्तार आयोजानका ईन्जीनियर भण्डारीको भनाई रहेको छ । 

उनी भन्छन्–‘हामीले विभिन्न संघ संस्था तथा क्लबलाई विरुवा रोप्न, हुर्काउनको लागि सम्झौता गरेर विरुवा रोप्ने स्थान उपलब्ध गराउदछौं, तर विरुवा रोपेपछि त्यसलाई मलजल गर्ने, बेला बेलामा गोडमेल गर्ने तथा हुर्काेउने तर्फ खासै ध्यान दिएको पाएका छैनौं जसको कारण केही विरुवा मरेका पनि छन् ।’

उनले एकतर्फ यसको संरक्षणमा ध्यान नदिँदा छाडा चौपायले भाँचीदिना, बेला बेलामा मानसिक सन्तुलन गुमाएका व्याक्तिले थप  क्षती पु¥याईदिदा थप समस्या भएको जानकारी दिए । 

निर्माणाधीन बुटवल वेलहिया सडक आयोजना अन्र्तगत अहिले करिव ८ किलोमिटर सडक निर्माण सम्पन्न भैसकेको छ । सडकको ‘बिच डिभाईड र दायाँ बायाँ किनारा’ मा बोट विरुवा रोपेर हरियाली बनाउने योजना अनुरुप अहिले सडकको विच डिभाईडर  र दाँयाँ बाँया विभिन्न प्रजातिका विरुवाहरु रोपीएको छ । 

निर्माण सम्पन्न भएको बुटवलको योगीकुटी देखि राजमार्ग चौराह सम्म, राजमार्ग चौरहा देखि मिलनचोक सम्म र मिलनचोक देखि नयाँ बसपार्क सम्मको डिभाईडरमा  विभिन्न संघ संस्थाले  भिन्दा भिन्दै विरुवा रोपेका छन् । 

केही समय पहिला  विभिन्न लायन्स क्लवहरुले बुटवलको रागमार्ग चौराह देखि मिलन चोक सम्म विभिन्न प्रजातिका विरुवाहरु रोपेका छन् । ति मध्ये अधिकांस विरुवा हुर्कने संभावना कम छ । बुटवलको मिलनचोक  अस्पताल लाईन सम्मको क्षेत्र बुटवलको सडक डिभिजन कार्यालय बुटवले हेर्ने गरेको छ । सडककको डिभाईडरमा अहिले लायन्स क्लवले विभिन्न प्रजातिको विरुवा रोपेको छ । ती विरुवामा डिभिजन सडक कार्यालय बुटवलले आफै बेला बेलामा पानी हाल्ने, गोडमेल गर्ने र संरक्षणको काम गरेको छ ।

विरुवा रोपेपछि फेसबुकमा फोटो हाल्ने मात्र काम क्लब तथा संघ–संस्थाले गरे, फर्केर हेर्न आएनन्, अब विरुवा रोप्ने  स्थानउपलब्ध गराउँदा सोच्नुपर्ने बेला आएको इन्जीनियर भण्डारीको भनाई रहेको छ । 

बुटवलको योगीकुटी देखि तिलोत्तमा नगरपालिकाको शंकरनगर सम्मको दायाँ  बायाँ र डिभाईडरमा व्यापारिक मार्ग विस्तार आयोजना आफँैले विरुवा रोपेको छ । ‘छतिवन’ प्रजातिको विरुवा रोपीएको छ ,जुन हुर्कीएका पनि छ । 

मार्ग विस्तारगर्दा जे जती मात्रामा रुख काटिए त्यसको अनुपातमा १ रुख काट्दा ४ वटा विरुवा रोपिने उल्लेख छ । सोही अनुपातमा अहिले विरुवा रोपीएको हो । छतिवन जातको विरुवा छाटो समयमा नै हुर्केने, पानीको मात्र कम भएपनि हुने र ४२–४३ डिग्री तापक्रम समेत सहन सक्ने क्षमता भएको कारण यसलाई रोप्नुपर्ने ईन्जीनियरहरुको सिफारिस रहेको छ । 

भने निलकाडाँ पनि रोप्न सकिने जनाइएको छ । अहिले लायन्स तथा  लियो क्लव तथा अनय संघ संस्थाहरुले कपुर जातका विरुवाहरु रोपेका छन् । जुन विरुवा हुर्काउनको  लागि धेरै समय लाग्ने र पानी बढि मात्रामा चाहिने गर्दछ । तर क्लवहरुले विरुवा रापेपछि निरन्तर पानी नहाल्ने गरेको कराण समस्या भएको हो । 

विरुवाको त्यसको उचाई, प्रकृति हेरेर न्यूतम ३ सय रुपैयाँ देखि ३ सय ५० र ठुलो साईजको ७ सय रुपैयाँ देखि ७ सय ५० रुपैयाँ सम्म पर्ने गरेको छ । 

नयाँ रणनीति

व्यारिक मार्ग विस्तार आयोजना अन्र्तगत भैरहवाको बुद्ध चोक देखि देवकोटा चोक र बसपार्क सम्म  दुई वटा भिन्दा भिन्दै क्लव र संस्थालाई विरुवा रोप्ने र हुर्काउने जिम्मा दिईएको छ । यस्तै अवको केही दिनमा आमा समुह र एक क्लवलाई पनि विरुवा रोप्नको लागि स्वीकृती प्रदान गर्ने तयारी गरिएको छ । यसरी अव विरुवा रोप्न र हुर्काउन सम्झौता गर्ने बेलामा प्रत्येक विरुवालाई हुर्काउने , मलजल गर्ने र सिंचाईं समेत गर्ने जिम्मा दिने गरी तयारी गरिएको व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ । 

यसरी प्रत्येक मानिसको घर भन्दा अगाडीको एक वटा दुई वटा  वा स्व ईच्छाले त्यो भन्दा पनि बढि विरुवा स्थानियलाई अपनत्व दिने तयारी गरिएको हो ।  यसरी विरुवालाई रोप्ने र रोपेपछि त्यसलाई संरक्षणको लागि फलामको ‘टि गार्ड’ आयोजना आफैले उपलब्ध गराउने छ ।  त्यसाई विहान साँझ तथा कसै वाह्य जनावार, मानिसबाट क्षती हुनबाट जोगाउने काम जिम्मा लिएको व्याक्तिले नै गर्ने गरी  नयाँ रणनीति तयार गरिएको जनाइएको छ । जसबाट जो व्याक्तिले विरुवा आफ्नो घर अगाडी हुर्कायो त्यसमा अपनत्व समेत हुने भएको कारण यसरी विरुवा जोगाउन सकिने जनाइएको छ । 

बुटवल–वेलहिया सडक आयोजना पुरा हुँदा करिव १० हजार विरुवा रोप्ने योजना रहेको छ । विरुवा जोगाउनको लागि फलामको ‘टि गार्ड’ व्यापारिक मार्ग विस्तार आयोजनाले उपलब्ध गराउदै आएको छ । जसको मूल्य करिव ३ हजार रुपैयाँ पर्दछ । 

आर्थिक बर्ष वि.स.२०६८/०६९ मा मा सुरु भएको व्यापारिक मार्ग विस्तार आयोजनाले काम सुरु भएको करिव ५ बर्ष पुरा भएको छ ।  व्यापारिक  मार्ग विस्तार आयोजना प्रमुख सालिकराम रेग्मी का अनुसार ५ अरव ६८ करोड रुपैयाँ लागतमा सुरु भएको आयोजनाले अहिले सम्म करिव २ अरब २८ करोड खर्च भैसकेको छ  । 

बुटवल देखि वेलहिया सम्मको करिव २७ किलोमिटर सडकलाई भिन्दा भिन्दै ११ वटा निर्माण कम्पनीलाई ठेक्का दिएको छ । जुन ठेक्का मध्ये अहिले सम्म ५ वटा ठेक्काले ८ किलोमिटर सडक निर्माण सम्पन्न गरिसहेका छन् । भने अझै ६ वटा ठेक्काले सडक निर्माणको काम जारी राखेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो