नरी बडु/पुस ७, बैतडी । बैतडीमा जिल्लामा बिहिबारदेखि पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ । 

नेपाली काग्रेस क्षेत्र नम्बर २ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/पुस ७, बैतडी । बैतडीमा जिल्लामा बिहिबारदेखि पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ । 

नेपाली काग्रेस क्षेत्र नम्बर २ क"/>

2026-07-10 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्वास्थ्य विमाको दर्ता प्रक्रिया सुरु

2016-12-22


नरी बडु/पुस ७, बैतडी । बैतडीमा जिल्लामा बिहिबारदेखि पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ । 

नेपाली काग्रेस क्षेत्र नम्बर २ का सांसद नरबहादुर चन्दले पहिलो सदस्यका रुपमा विमा गरी स्वास्थ्य विमाको उद्घाटन गरेका हुन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बिहिबार जिल्ला विकास समितीको कार्यालयमा आयोजना गरेको स्वास्थ्य विमा सुभारम्भ कार्यक्रममा चन्दले पहिलोपटक स्वास्थ्य विमा गरेका हुन् ।

आजदेखि जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितीका कार्यकारी निर्देशक डक्टर गुणराज लोहनीले बताए । गरिब, विपन्न र पछाडी पारिएका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको लोहनीले बताए ।

देशभरीका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा उक्त कार्यक्रम गएको चैत्र देखिनै सुरु भैसकेको छ । चौथो जिल्लाको रुपमा बिहिबारदेखि बैतडीमा यो कार्यक्रम सुरु भएको हो सुदूरपश्चिमका बैतडी र अछाम सहित २५ जिल्लामा कार्यक्रम विस्तार गरिने उहाँले बताए ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच जनाको परिवारले रु दुईहजार पाँचसय जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार उपचार निःशुल्करुपमा प्राप्त गर्ने निर्देशक लोहनीको भनाई छ । यस्तै, पाँचजना भन्दा बढी परिवारका सदस्य भएमा रु चारसय २५ का दरले थप शुल्क तिर्नुपर्ने हुन्छ ।

जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनौट गरिएको र उनीहरुले प्रत्येक घरदैलोमा गएर स्वास्थ्य बीमाका बारेमा जानकारी गराउनाका साथै सदस्यता वितरण गर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रवन्धक नरेस चौधरीले बताए । उनिहरुलाई अनलाई सिस्टमबाट विमा दर्ता गर्न सजिलो  होस भन्ने उद्देश्यले एन्ड्रोइड फोन समेत वितरण गरिएको छ । पुस महिनाभरि दर्ता भएकाले फागुनदेखि स्वास्थ्य बीमाको सेवा पाउने चौधरीको भनाई छ ।

यो कार्यक्रमले अति गरिब र विपन्न वर्गलाई निसुल्क विमा गराउने भनेपनि जिल्लामा गरिब परिवारको पहिचान नहुदा समस्या भएको छ । जिल्लामा अहिलेसम्म नेपाल सरकारले गरिब परिचयपत्र वितरण गरेको छैन् ।

तस्बिरमा नेपाली काग्रेस क्षेत्र नम्बर २ का सांसद नगरबहादुर चन्दको अनलाईन सिस्टमबाट फम दर्ता गरी बैतडी जिल्लामा विमा कार्यक्रम सुरु गर्दै सामाजिक स्वास्थ्य सुरक्षा विमा समितीका कर्मचारी । तस्बिर: नरी बडु, साझासवाल  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो