२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

देशकै ५ उत्कृष्ट कर्मचारीमा छनौट डोरविक्रम श्रीस

२०७३, ७ पुष बिहीबार १३:०१

प्रेम सुनार/पुस ७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास, खानीगाउँमा रहेको शिद्धवावा उच्च माध्यामिक विद्यालयका प्राचार्य डोरविक्रम श्रीस् काठमाण्डौंको  एक संस्थाद्धारा गरिएको सर्वेक्षणमा  देशभरबाट  ५ उत्कृष्ट कर्मचारीका रुपमा  छनौट भएका छन् । 

काठमाण्डौंको  ईन्टीग्रेटी आईडल नामक संस्थाले देशभरका सरकारी शिक्षक, कर्मचारी मध्ये २०१६ सर्वोत्कृष्ट छनौट गर्ने क्रमको भोटिङ्ग राउण्ड सम्म आई पुग्दा  प्राचार्य श्रीस पाँच उत्कृष्ट शिक्षक–कर्माचारीका रुपमा छनौट भएका हुन् ।  अव सर्वोत्कृष्ट छनौटमा सफलता हाँसिल गर्नका लागि भने श्रीस्ले  उत्कृष्ट पाँच जना विचमा भोटिङ्गको सामना गर्नु पर्ने छ । 

उनि सहित ५ उत्कृष्टमा परेका छन् पुनरनिर्माण तथा प्राधिकरण विभागका उप–सचिव भिष्मकुमार भुसाल, जुम्लाकी महिला तथा वालवालिका कार्यालयकी कर्मचारी विन्दु कुँवर, भक्तपुरमा रहेको बागेश्वरी उच्च माध्यामिक विद्यालयका शिक्षक कृष्णप्रसाद धान्छा र भोजपुर  स्वास्थ्य चौकीका हेल्थ असिस्टेन तारा सुवेदी । 

आज साँझ  ६ वजेबाट उनिहरु विचमा शुभेच्छुक भोटरले  भोटिङ्ग सुरु गर्न सक्ने छन् । ईन्टरनेटमा भोटिङ्ग गर्न सोही संस्थाको नाम टाईप गरे प्रकृया बताईने छ ।   सवै भन्दा सजिलो  मोवाईलको म्यासेज बक्स मार्फत हुने छ । 

गुल्मीका प्रचार्य श्रीस्लाई सर्वात्कृष्ट बनाउनका  लागि मोवाईलको म्यासेज बक्समा गई अग्रेजीमा आईआईएन टाईप गरी स्पेश दिई ०३ लेखेर ३४००१ मा सेन्ट गर्नु पर्ने छ । 

छनौट प्रकृयाको विभिन्न चरण पार गर्दै र देशभरका ११ हजार भन्दा बढि सहभागिलाई पछि पार्दै ५ उत्कृष्टमा छनौट भएका श्रीस् यस अघि पनि विभिन्न संघ संस्थाबाट विभिन्न उत्कृष्ट कार्य गरे वापत पुरस्कृत  र सम्मानित भएका थिए ।

गुल्मीका सरकारी विद्यालयलाई  वोर्डिङ्ग स्कुल संग प्रतिस्पर्धा  गर्ने अभियान त्यस विद्यालयबाटै सुरु गरेका श्रीस्ले  शिद्धवावाको  शैक्षिक वातवरण र स्तरलाई   ठुला शहरका महँङ्गा वोर्डिङ्ग स्कुल संग  दाज्नु पर्ने  स्तरको बनाृउन सफल भएका छन् । 

 भद्र र  मृदभाषी श्रीस् त्यस विद्यालयमा मात्र होईन जिल्लाको शैक्षिक विकासमा समेत आफ्नो अनुभव  एक अर्को संग बाँडेर टेवा पुराउँदै आएका  व्यक्ति हुन् । 

गत वर्ष सोही संस्थाले उत्कृष्ट ५ औं स्थानमा पुराएर यहि गुल्मीका जनताले वाहिरी जिल्लावासी यहाँका तत्कालिन सिडियो प्रदिपराज कँडेललाई त भोटिङ्ग गरेर सर्वोत्कृष्ट कर्मचारी बनाएका थिए भने झन  जिल्लावासी श्रीस्लाई जिताएरै छाड्ने छन् भन्ने कुरामा अपेक्षा राख्न सकिन्छ । 

त्यसका लागि विशेषतः जिल्लाका प्रत्येक विद्यालयका  विद्यार्थी र शिक्षक , कर्मचारी वर्ग , आम सर्वसाधरले भोट हाल्न अल्छी गर्न हुने छैन् । एक व्यक्तिले एक पटक मात्रै भोट हाल्न पाउने  व्यवस्था भए पनि दुई वटा मोवाईल प्रयोगकर्ताले अर्को मोवाईलबाट पनि भोट हाल्न पाउने छन् । 

भोट सहि ठाउँमा पुगे नपुगेको कुरा उताबाट प्राप्त म्यासेज मार्फत थाह पाईने छ । तम्घासकै स्थाई वासीन्दा  प्रार्चाय श्रीसले सम्पुर्ण गुल्मेली सहित विशेषतः पश्चिम नेपालमा अभियानै चलाई दिन र  देश विदेशमा रहेका सम्पुर्ण शुभेच्छुकहरुलाई भोटिङ्ग गरी दिन अपिल गरेका छन । 

भई सम्मानित भई सकेकोले यसपाली पनि उहाँका सुभेच्छुकहरुले त्यो स्थानमा पुराउने कुरामा  विश्वस्त रहेको श्रीसले बताउँदै भोटिङ्ग अभियानलाई तिव्र पारी दिन सवै संग अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ