2026-09-12 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मतदाता नामावली सङ्कलन सुरु

पुस ९, गौशाला । महोत्तरी जिल्लामा शुक्रबारदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको छ । 

पहिलो चरणमा जिल्लाको निर्वाचन क्षेत्र नं– ६ का खैरबन्नी, सुन्दरपुर, खयरमारा, फुल्काहा, भरपुर, बेलगाछी, लक्ष्मीनियाँ र औरही गाविसमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताउनुभयो । 

प्रत्येक गाविसमा दुई/दुई दिनका दरले सो कार्यक्रम चल्ने निर्वाचन अधिकारी रायले बताउनुभयो । 

यस कार्यक्रममा विगतमा नामावली सङ्कलन गराउनबाट छुटेकाले दर्ता गराउन सकिने, दर्ता भएकाको व्यहोरा सच्याउन सकिने, मृत्यु भएकाको हटाउने तथा १६ वर्ष पुगेका नागरिकता प्राप्त व्यक्तिको फोटोसहितको नामावली सङ्कलन तथा दर्ता गरिने छ । 

यस कार्यक्रमका लागि जिल्ला निर्वाचन कार्यालयले नौजना कम्प्युटर अपरेटर, ६४ जना नाम दर्ता कर्मचारी, १०७ जना सहायक दर्ता कर्मचारी, १०७ जना निर्वाचन शिक्षा कार्यकर्ता, १०७ जना दर्तास्थल सहयोगी र २१४ जना सुरक्षाकर्मी परिचालन गरेको छ । 

महोत्तरीमा कुल तीन लाख दुई हजार ४३५ मतदाता रहेकोमा जिल्ला निर्वाचन कार्यालयले अहिलेसम्म ८२ प्रतिशतको फोटोसहितको नामावली सङ्कलन गरिसकेको तथा बाँकी १७ प्रतिशतको लागि यो कार्यक्रम सञ्चालन गरिएको निर्वाचन अधिकारी रायले बताउनुभयो । 

त्यसैगरी अहिलेसम्म यस कार्यालयले जिल्लाको तीन लाख ६५ हजार ९९ जना १६ वर्ष माथिका नामावली सङ्कलन गरिसकेको जानकारी गराएको छ । 

जिल्लामा रहेको ६ वटै निर्वाचन क्षेत्रका ६३ गाविस र तीनवटा नगरपालिकामा यो कार्यक्रम सञ्चालन हुने भएको निर्वाचन अधिकारी रायले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस