ओखलढुंगा जिल्लालाई आज आईतबार एक कार्यक्रमका बिच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९९.५ प्रतिशत नागरिक साक्षर भएस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ओखलढुंगा जिल्लालाई आज आईतबार एक कार्यक्रमका बिच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९९.५ प्रतिशत नागरिक साक्षर भएस"/>

2026-11-02 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगे सबै नागरिक साक्षर भएको घोषणा (फोटो फिचर सहित)

पूर्णप्रसाद न्यौपाने | पुस १०, ओखलढुंगा | 

ओखलढुंगा जिल्लालाई आज आईतबार एक कार्यक्रमका बिच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९९.५ प्रतिशत नागरिक साक्षर भएसँगै ओखलढुंगालाई मुलुकको ३३ औँ,पुर्वाञ्चलको चौथो र सगरमाथा अञ्चलको पहिलो जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला भित्रका सबै लक्षीत वर्गका अर्थात १५ देखि ६० वर्ष उमेर समुहका कुल निरक्षर मध्ये ९९.५ प्रतिशत नागरिक साक्षर भईसकेपछि भव्य समारोहका बिच साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले बताउनुभयो । शिक्षा मन्त्री धनीराम पौडेलले ओखलढुंगालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।  

२०७१ जेष्ठ २६ गते तत्कालीन शिक्षा मन्त्री चित्रलेखा यादवले पुर्वाञ्चलमै पहिलो पटक च्यानम गाविसलाई साक्षरता घोषणा गरेसँगै सुरु भएको साक्षरता घोषणा अभियान २०७३ असोज ७ गते सिँहदेवी गाविसलाई साक्षर घोषणा गरिएसँगै जिल्लाका सबै गाविस र नगरपालिका घोषणा गर्नेकाम सकिएको थियो । ओखलढुंगा जिल्लामा साक्षरता घोषणा अभियानमा तत्कालीन जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चन र यस अघिका जिल्ला शिक्षा अधिकारी बिरेन्द्र जंङ्ग थापाले विषेश भूमिका निर्वाह गर्नुुभएको थियो ।

वि.सं २०६७ को सर्वेक्षण अनुसार ओखलढुंगामा निरक्षर नागरिकको संख्या ३६ हजार ७ सय ८१ थियो । उक्त सर्वेक्षण अनुसार कार्यक्रम तय गरेर निरञ्तर अनौपचारीक शिक्षा कक्षा सञ्चालन गर्दै दोहोरिएका समेत गरेर ४० हजार ९ सय ५ जनालाई साक्षर बनाईएसँगै साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा पुगिएको  जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा ४ सय ३४ जना लक्षीत वर्गका नागरिक अझै निरक्षर रहेको भएपनि ९५ प्रतिशत नागरिक साक्षर भएपछि घोषणाका लागि मापदण्ड पुग्ने प्रावधान रहेकाले सोहि अनुसार साक्षर जिल्ला घोषणा गरिएको जनाईएको छ । जिल्लाका १ हजार ८० नवसाक्षरहरुलाई सबै गाविसका ७२ वटा केन्द्र मार्फत ४ महिने निरञ्तर शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।

एउटा शिक्षकको कमजोरीले राष्ट्रको भविष्य अन्धकार: मन्त्री पौडेल


एउटा शिक्षकको कमजोरीले सिङ्गो राज्यको भविष्य अन्धकारहुने शिक्षा मन्त्री धनीराम पौडेलले बताउनु भएको छ । आज ओखलढुंगाल जिल्लालाई मुलुकको ३३ औँ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गर्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले शिक्षकहरु जिम्मेवार हुनुपर्ने भन्दै उठान गरेको विषयलाई जोड दिँदै मन्त्री पौडेलले भन्नुभयो,–‘सांसद यज्ञ जी ले भनेझै शिक्षकहरु पेशामा उत्तरदायी नहुँदा सम्म सार्वजनिक शिक्षामा गुणस्तर सुधारको आशा गर्ने अवस्था छैन ।’ ऐन संशोधन गरेर शिक्षामा व्यापक सुधारको अभ्यास गरिएको दावी गर्दै मन्त्री पौडेलले शिक्षकहरु उत्तरदायी भए नेपालको सार्वजनिक शिक्षामा हुने बताउनुभयो ।

शिक्षा ऐन आठौँ संशोधन पछि सरकारले शिक्षालाई व्यवसायीक बनाउने अभ्यास थालेको    जानकारी दिँदै व्यवहारीक शिक्षाको निती समेत सरकारले ल्याउने योजना बनाईरहेको बताउनुभयो । मन्त्री पौडेलले गाउँबाट शहर, शहरबाट काठमाडौ र काठमाडौबाट विदेश तिर विद्यार्थीहरु जाने परम्परा रहेकोले यसलाई रोक्न सरकारले पहल थाल्ने प्रतिवद्धता जनाउनुभयो । भूकम्प प्रभावित क्षेत्रका विदालयको पुननिर्माणका लागि सरकारले तत्काल सहयोगका कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्री पौडेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द